arrow

“सुविसु क्यान ईन्फोटेक २०१७" माघ १३ गतेदेखि भृकुटीमण्डपमा

logo
प्रकाशित २०७३ पुष २७ बुधबार
300_0930.jpeg
काटमाडौं ।   सूचना र प्रबिधिको प्रबर्धन गर्ने उदेश्यले सूचना प्रबिधि क्षेत्रको सबैभन्दा ठुलो मेला “सुविसु क्यान ईन्फोटेक २०१७" आगामी माघ १३ गते देखि १८ गतेसम्म काठमाण्डौं भृकुटीमण्डप स्थित प्रदर्शनी स्थलमा आयोजना गर्ने कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले जनाएको छ । २३औं संस्करणको बृहत् सूचना प्रविधि मेलामा क्यान महासंघका सदस्य संस्थाहरु लगायत विभिन्न राष्ट्रिय र अन्तराष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धित कम्पनीहरुको सहभागिता रहने क्यान महासंघका अध्यक्ष बिनोद ढकालले बताए । ढकालले भने 'सुचना प्रविधिको मेरुदण्डनै इन्टरनेट हो त्यसैले सुविसुलाई  हामिले  शिर्ष प्रायोजकमा राखेका छौ ।'   
 
यस बर्ष क्यान ईन्फोटेकको शिर्ष प्रायोजन सुविसु र एशोसिएट प्रायोजक सामसुङ रहेका छन् । त्यस्तै प्लाटिनम स्पोन्सर–मर्कन्टाईल, डायमण्ड स्पोन्सर– नेपाल टेलिकम, गोल्ड स्पोन्सरहरु– हुवावे र ओप्पो मोबाईल, सिल्भर स्पोन्सरहरु– नेटिस, एस.पावर, एम.आई. स्मार्ट फोन र लेनोभो रहेका छन् ।
 
अफिसियलहरुमा वेव न्युज– हाम्राकुरा डटकम, बैंक– सन्राइज बैंक, टेलिभिजन– माउन्टेन टेलिभिजन, ईन्स्योरेन्स– प्रुडेन्सियल ईन्स्योरेन्स, आई.एस.पी.– सुबिसु, एफ.एम.–नेपाल एफ. एम., अनलाईन टिकेटिङ्ग– एफ वान सफ्ट ईन्टरनेशनल, अनलाईन पेमेन्ट– ई–सेवा, नेपाली आईटी म्यागेजिन– लिभिङ्ग वीथ आई.सी.टी., सि.सि.टि.भि.– ग्याजेड्स एण्ड गिजमोस ट्रेडर्स,  एस.एम.एस.मा– स्प्यारो एस.एम.एस. र क्रियटिभ– विटी प्रिन्टिङ्गस् रहेका छन् । 
 
ईन्फोटेकमा जम्मा २२२ स्टलहरु रहनेछन्  । जसमा मुख्य प्रदर्शनी हल भित्र ४९ वटा ठूला र हल बाहिर ५ वटा ब्रान्डिङ्ग प्रदर्शनी कक्षहरु रहेका छन् भने ट्रसमा १४४, ओपन स्पेसहरु १४ र फुड स्टलहरु १० छन् । प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आई सी.टी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसनस्, पेमेन्ट सोलुसन्स् र अन्य रहेका छन् । हाल सम्म मुख्य प्रदर्शनहल भित्र शत् प्रतिशत स्टल बुकिङ्ग भई सकेका छन् भने ट्रसमा ९० प्रतिशत स्टलहरु बुकिङ्ग भई सकेको क्यान महासंघले जनाएको छ । 
 
साथै  मेलामा ब्यवसायीहरुले व्यापारिक सम्भावनाहरु विस्तारित गर्ने मात्र नभई विभिन्न नयाँ तथा नौलो प्रविधिको प्रदर्शनी गर्ने पनि मौका पाउनेछन । अवलोकनकर्ताहरुले पनि एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नयाँ नयाँ प्रविधि, उपकरणहरुको अवलोकन तथा खरिद समेत गर्न पाउने छन् ।
 
क्यान ईन्फोटेकको अघिल्लो बर्ष ३ लाख ६३ हजारले अवलोकन गरेकोमा यस बर्ष  ४ लाख पुग्ने विश्वास कम्पानिले लिएको छ । ईन्फोटेकमा अवलोकन शुल्क वापत साधारणहरुलाई प्रवेश शुल्क सय र विद्यार्थीहरुलाई  ५० रुपैया तोकिएको छ । माघ १६ गते आईतबारको दिनलाई  भने विजनेश डे को रुपमा घोषणा गरिएको छ । उक्त दिनको प्रवेश शुल्क सम्पूर्ण अवलोकन कर्ताहरुको लागि सय रुपैया लाग्नेछ । 
 
 इन्फोटेकमा सरकारी विद्यालयहरुबाट लिखित अनुरोध आए  विद्यार्थीहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने अनलाईन टिकट खरीदमा २० प्रतिशत छुट समेत प्रदान गरीनेछ । त्यस्तै क्यान आई.सी.टी कन्फेरेन्स माघ १६ र १७ सोल्टी क्राउन प्लाजामा हुने क्यान महासंघका महासचिव  विश्व राम बलामीले बताए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ