www.deltrox.com
नयाँ
कुरा

न्याय माग्न अदालत आउनेलाई नझुलाउनुस् : प्रधानन्यायाधीश कार्की

समयमा फैसला कार्यान्वयन गर्नु नै उच्च इन्साफ

प्रकाशित मिति : २०७३ पौष २७ बुधबार, २८७७ पटक हेरिएको

तस्वीर : रासस

खोटाङ । प्रधानन्यायाधीश सुशीला कार्कीले न्यायका लागि अदालत आउने सेवाग्राहीको काममा ढिलाइ नगर्न न्यायाधीशहरुलाई निर्देशन दिएकी छन् ।

खोटाङ जिल्ला अदालतको नवनिर्मित भवनको उद्घाटन गर्दै कार्कीले अदालतबाट न्याय पाउन लामो समयसम्म पर्खनु पर्दा जनतामा वितृष्णा सिर्जना हुने भएकाले न्याय सम्पादनमा तदारुकता देखाउन मातहतका न्यायाधीशलाई निर्देशन दिइन् ।

‘अदालतको फैसला लामो समयसम्म पर्खनुपर्दा खर्च समेत बढी हुन्छ’ प्रधानन्यायाधीश कार्कीले भनिन्, ‘निमुखा, गरिब र पीछडिएका व्यक्तिले केही जाने सुनेका हुँदैनन्, त्यसैले उनीहरुको समस्यालाई पहिलो प्राथमिकतामा राखेर चित्तबुझ्दो काम गरिदिनुहोस् ।’

प्रधानन्यायाधीश कार्कीले न्यायपालिका भनेको सबैको आस्था र धरोहरको केन्द्र भएको उल्लेख गर्दै ‘न्यायपालिकामा पक्षपात हुनु हुँदैन, समयमा फैसला कार्यान्वयन हुन्छ, त्यो नै उच्च इन्साफ हो भन्नुभयो ।’ तीन करोड ८९ लाख ५२ हजारको लागतमा अदालतको भवन निर्माण भएको बताइएको छ । रासस

सम्बन्धित समाचार

Scroll To Top