arrow

सुशासन कायम गर्न राजनीतिज्ञ र कर्मचारी एकजुट हुनुपर्छ : शशांक

logo
प्रकाशित २०७३ पुष २७ बुधबार
shashanka-koirala.jpg.jpeg

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले मुलुकमा सुशासन कायम राख्नका लागि राजनीतिक दल र कर्मचारी एकजुट हुनुपर्ने बताएका छन् ।

प्रशासन व्यवस्थापन र विकास केन्द्र कामादले गरेको राजनीति र प्रशासनको अन्र्तसम्बन्ध एवं यसको वर्तमान अवस्था’ विषयक छलफलमा कोइरालाले राजनीतिक दल र कर्मचारी एकजुट भएमात्र मुलुकको विकास सम्भव भएको बताए । कोइरालाले भने, ‘कर्मचारी र राजनीतिज्ञबीच मनमुटाव भयो भने विकास सम्भव छैन ।’

ट्रेड युनियनका नाममा कर्मचारीको सरुवा गरेर पैसा लिने गरेको भन्दै यस्तो कार्यले कर्मचारीको कार्यक्षमताप्रति नकारात्मक सन्देश जाने स्पष्ट पारे । पूर्वसचिव विश्वप्रकाश पण्डितले बेलाबेलामा हुने सरकार परिवर्तनले कर्मचारीतन्त्रमा ठूलो प्रभाव पार्ने बताए । उनले भने, “कर्मचारीभित्र पनि पार्टीको गोप्य सदस्यता लिने संस्कृति बढेको छ यसलाई रोक्नु जरुरी छ ।”

पूर्वसचिव कृष्ण ज्ञवालीले कर्मचारीले राजनीतिक नगरे पनि मुलुकको राजनीतिक अवस्था बुझ्नुपर्ने बताए । उनले भने, “राजनीतिज्ञले नीतिनियम बनाए पनि कार्यान्वयन गर्ने जिम्मा कर्मचारीको भएकाले राजनीतिक बुझ्नुपर्छ ।” निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले राजनीतिज्ञले प्रशासन र प्रशासनले राजनीतिज्ञको भावनालाई बुझेर अगाडि बढेमात्र मुलुक विकासको बाटोमा पुग्ने बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ