arrow

परराष्ट्रमन्त्री महतले कतारमा गरे नेपालीको अवस्थाबारे सोधी खोजी

अमिर, विदेशमन्त्री र श्रममन्त्रीसँग भेट

logo
प्रकाशित २०७३ पुष २७ बुधबार
Katar-aamir.jpeg

काठमाडौँ । कतारको भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रकाशशरण महतले कतारी अमिर, विदेश र श्रममन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । भेटका क्रममा कतारमा रहेका साढे तीन लाखभन्दा भन्दी बढी नेपाली श्रमिकहरूको सेवा, सुविधा र सुरक्षाका बारेमा चासो राखे ।

मन्त्री महतले नेपाली श्रमिकको सेवा सुविधाका लागि कतार सरकार गम्भीर रहेको भन्दै यहाँ समस्यामा परेकाको सुविधाका लागि सुरक्षित आवास गृहको स्थापना गर्ने र मजदुरले पाउनुपर्ने सुविधा नपाई कानुनी समस्या झेल्नुपरेको अवस्थामा अदालतसम्म पुग्दा झन्झटिलो हुने भएकोले श्रम मन्त्रालयअन्तर्गत नै एक संयन्त्र स्थापना गरी त्यहीँबाट समस्या समाधान गर्ने बिषयमा छलफल भएको प्रेस संयोजक एकराज पाठकले जानकारी दिए ।

नेपालमा एक पोलिटेक्निकल कलेज स्थापना गरी दक्ष जनशक्ति उत्पादन गर्न र नेपालको पर्यटन, हाइड्रोपावर तथा टेलिकममा कतारले लगानी गर्ने विषयमा पनि छलफल भएको प्रेस संयोजक पाठकले बताए ।

भेटमा नेपालले आगामी चैतमा गर्न लागेको लगानी समिटमा कतारले एक अनुसन्धान टोली पठाउने र त्यसले नेपालका कुन कुन क्षेत्रमा लगानी गर्न सकिन्छ भन्ने बारेमा दिएको सुझावका आधारमा कतारले नेपालमा लगानी गर्ने बारेमासमेत छलफल भएको थियो ।

छलफलका क्रममा कतारमा रहेका ठूलो संख्याका नेपालीको हकहित तथा उनीहरूले पाउनुपर्ने सुविधा र सुरक्षामा नेपालले राखेको चासोप्रति कतार अत्यन्तै सकारात्मक भएको बताइएको छ । अन्तर्राष्ट्रिय मापदण्ड तथा परिवर्तित सन्दर्भमा कतारको श्रम कानुनमा गरिएको सुधारलाई मन्त्री महतले खुलेर स्वागत गरेको प्रेस संयोजक पाठकले बताए ।

भेटमा मन्त्री महतले कतारका अमिरलाई नेपाल भ्रमणका लागि आमन्त्रण गरे । सो अवसरमा अमिर थानीले आफू नेपाल भ्रमण गर्न इच्छुक रहेको तथा नेपाली कामदारको हकहितका लागि कतारले सधै विशेष ध्यान पुर्‍याउने बताए ।

कतारमा कर्यरत नेपालीहरू परिश्रमी र इमान्दार रहेका भन्दै नेपालीको उच्च प्रशंसा गरे । त्यस अवसरमा मन्त्री महतले दक्ष जनशक्तिको रोजगारीमा नेपालीको कोटा बढाउन गर्नुभएको मागप्रति थानी सकारात्मक देखिए ।

यसैगरी मन्त्री महतले विदेशमन्त्री सेख मोहम्मद विन अवदुल्रमानसँग पनि दुई देशबीचको हितका बारेमा कुराकानी गरे । भेटमा सम्बन्धको सुदृढिकरणका साथै अन्य आपसी फाइदाका बारेमा आगामी दिनमा उच्चस्तरीय भेटलाई थप अभिबृद्धि गर्ने बारेमा छलफल भएको थियो ।

त्यसै कतारका श्रम मन्त्री डा. इस्सा विन साद अल जफालीसँग कतारमा रहेका नेपालीहरूको श्रमिकको हकहित र सेवा सुविधाका विभिन्न पक्षमा विस्तृत छलफल भयो ।

भेटमा नेपालका दक्ष तथा अर्धदक्ष कामदाररको कोटा बढाउने, चौविस घन्टे विमा सुविधा लागू गराउने, सन् २००५ मा भएको श्रम सम्झौतामा आवश्यक परिमार्जन गर्ने, श्रमिकको विभिन्न समस्या तथा गुनासोको छिटोछ्रन्दा छिटो समाधानका लागि अलग्गै संयन्त्र बनाउने, सुरक्षित आवस गृहको व्यवस्था गर्ने, कतारको श्रम मन्त्रालय र नेपाली दूताबासबीच समन्वय र सहकार्य बढाउनेलगायतका विषयमासमेत छलफल भयो ।

सो अवसरमा कतारका श्रम राज्यमन्त्री पनि उपस्थित थिए । यी सबै मुद्दामा कतार सरकार सकारात्मक रहेको र आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । भेटमा श्रम तथा रोजगार मन्त्रालयका सहसचिव गोविन्दमणि भूर्तेल पनि सहभागी थिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ