arrow

देशलाई शान्ति र संमृद्धितर्फ अघि बढाउन तीनै तहको निर्वाचन – महामन्त्री शशांक कोइराला

logo
प्रकाशित २०७३ पुष २८ बिहिबार
sashank-koi-mn.jpeg
दमक । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले तीनै तहको निर्वाचन गरेर संविधान कार्यान्वयन गर्न दलहरु गम्भीर हुनुपर्ने बताएका छन् । झापाको दमकमा बिपी चिन्तन प्रतिष्ठान झापाले गरेको प्रजातन्त्र सेनानीको सामूहिक सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानको कार्यान्वयन गरी देशलाई शान्ति र संमृद्धितर्फ अघि बढाउन संविधानले दिएको समयसीमाभित्र तीनै तहको निर्वाचन गर्नुपर्ने बताए । 
 
उनले जनताको उपलब्धिका रुपमा प्राप्त अधिकारलाई संस्थागत गर्नसमेत निर्वाचन मात्र एक मात्र संवैधानिक प्रक्रिया भएको धारणा राखे ।
 
त्यस अवसरमा पार्टीका केन्द्रीय सदस्यहरु विश्वप्रकाश शर्मा, सरिता प्रसाई, सांसद महेन्द्रकुमारी सुब्बा, पार्टी सभापति उद्धव थापा, प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष गङ्गा पराजुलीलगायतले बिपीको मेलमिलापको महत्वका बारेमा बोले । 
 
४१ औँ मेलमिलाप दिवसको सन्ंदर्भको अवसर पारेर आयोजित सो कार्यक्रममा प्रजातान्त्रिक आन्दोलनका ४१ जना योद्धाहरुलाई सामूहिकरुपमा सम्मान गरिएको थियो ।
 
यसरी सम्मानीत हुनेहरुमा पूर्व सांसद डिल्ली सिटौला, चक्रप्रसाद बाँस्तोला, पूर्णानन्द शर्मालगायत छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ