arrow

घाँस काट्दा महिलाको रूखबाट लडेर मृत्यु

logo
प्रकाशित २०७३ पुष २८ बिहिबार
Rukum-hamrakura.jpg.jpeg
रुकुम । घाँस काट्न रूखमा चढेकी एक महिलाको लडेर मृत्यु भएको छ । रुकुमको सिम्ली–१ की अन्दाजी ३४ वर्षीया देउरुपा खड्काको रूखबाट लडेर मृत्यु भएको हो । 
 
गाईवस्तुका लागि घाँस काट्न रूखमा चढेकी खड्का मङ्गलबार लडेर गम्भीर घाइते भएकी थिइन् ।  
 
उनलाई जिल्ला अस्पताल सल्लेमा उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको भए पनि त्यहाँ उपचार हुन नसकेर काठमाडौँ लगिएकोमा बुधबार उनको मृत्यु भएको स्थानीयवासी रमेश डाँगीले जानकारी दिए । मृतक खड्कालाई टाउको र ढाडमा चोट लागेको थियो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ