arrow

डोनाल्ड ट्रम्पको सनकः अमेरिकी जासूसी संस्थाहरुविरुद्ध आक्रामक

logo
प्रकाशित २०७३ पुष २८ बिहिबार
trump.jpeg
काठमाडौं । अबको आठ दिनमा अमेरिकाको बागडोर सम्हाल्दै गरेका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको सनकपन दिनानुदिन बढ्दो छ । सामाजिक संजाल ट्वीटरका बढी नै सौखिन ट्रम्पले बागडोर सम्हाल्नुपूर्व नै उनले विश्वास लिनुपर्ने संस्थाप्रति आक्रामक व्यवहार देखाएका छन् । उनले पछिल्लोपटक आफ्नै देशको जासूसी संस्थाहरुविरुद्ध आक्रोश पोखेका छन् । 
 
रुससँग आफ्ना विरुद्ध निकै गोप्य र खतरनाक प्रमाणहरु रहेको भन्ने सूचना सार्वजनिक गराइएको भन्दै उनले आफ्नै देशका जासूसी संस्थाहरुविरुद्ध आक्रोश व्यक्त गरेका हुन् ।
 
रुससँग ट्रम्पको विरुद्धमा आपत्तिजनक जानकारी भएको भन्ने जस्ता सूचना चुहाउन पनि जासूसी निकायहरुकै हात रहेको उनको आरोप छ । उनले ती कागजातहरु पूरै झूठो रहेको दाबीसमेत गरेका छन् । 
 
जासूसी संस्थाहरुबाटै यस्ता झूठपूर्ण प्रचार गरिनु शर्मनाक भएको उनको भनाइ छ ।
 
हामी के नाजी जर्मनीमा रहिरहेका छौं ? भन्दै उल्टै प्रश्न गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ