arrow

सुन तस्करी संलग्नताकाे अाराेपमा विमानस्थलका दुई अधिकृत पक्राउ

हाकिमले भने पक्राउकाे जानकारी छैन

logo
प्रकाशित २०७३ पुष २८ बिहिबार
gold-plate.jpg.jpeg

काठमाडौं । ३३ किलो सुन काण्डमा संलग्न रहेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका दुई अधिकृत केन्द्रीय अनुसन्धान व्यूरो सिआइबीको फन्दामा परेका छन् ।

बिहीबार बिहान सिआइबीले विमानस्थल भन्सारका अधिकृतद्वय श्रीनारायण यादव र राजकुमार ढकाललाई पक्राउ गरेको हो । ३३ किलो सुन तस्करीमा संलग्नता देखिएकाले पक्राउ गरिएको सिआइबीका एसएसपी मनोज न्यौपानेले हाम्राकुरालाई जानकारी दिए । एसएसपी न्यौपानेले थप अनुसन्धान भइरहेको समेत बताका छन् ।  

विमानस्थल भन्सार विभिागका उपमहानिर्देशक सुमन दाहालको नेतृत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरी विभागले २९ जना कर्मचारीलाई काम बिहिन बनाएर अनुसन्धान थालेको थियो ।

विमानस्थल भन्सारका महानिर्देशक शिशिर ढुंगानाले भने आफ्ना कर्मचारीलाई पक्राउ गरेकोबारे थाहा नभएको बताएका छन् । ढुंगानाले कर्मचारी पक्राउ परेकोबारे अनविज्ञता जनाउँदै आफु उपत्यका बाहिर जान लागेको जानकारी दिए ।

दुबईबाट एयर अरेवियाको हवाइजहाजमा पुस २१ गते तस्करी गरेर ल्याएको ३३ किलो सुनसहित सिआइबीले भन्सार पास भइ पिंगलास्थान पुगेका गोपालबहादुर शाहीसहितलाई पक्राउ गरेपछि भन्सार कर्मचारीको मिलेमतोको पर्दाफास भएको हो ।  
नेपालगन्जका शाहीसँग मोरङका दिलबन्धु थापा र जनकपुरका सन्तोष काफ्लेपनि पक्राउ परेका छन् । 

दुई कर्मचारी निलम्बित
सुन तस्करीको जालो खुलेपछि विमानस्थल भन्सारका दुई कर्मचारी निलम्बनमा परेका छन् । प्राविधिक कर्मचारी प्रद्युन्नहरि श्रेष्ठ र श्याम श्रेष्ठ निलम्बनमा परेका हुन् । उनीहरु लगेज एक्स–रे मेसिनमा काम गरिरहेका थिए । भन्सार कर्मचारीको सेटिङमा तस्करी भएको खुलेपछि विमानस्थल भन्सार प्रहरी प्रशासनको घेरामा परेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ