arrow

‘प्रेस’ लोकतन्त्र र सुशासनको आधारस्तम्भ : प्रधानमन्त्री दाहाल

प्रेस विना शान्ति र संविधान सम्भव थिएन

logo
प्रकाशित २०७३ पुष २८ बिहिबार
PM-press-speak.jpeg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले लोकतन्त्र स्थापनामा प्रेस जगतको ठूलो भूमिका रहेको बताएका छन् । प्रेसको भूमिका विना शान्ति र संविधान संभव नरहेको भन्दै प्रधानमन्त्री बल्ल नेपाल राजनीतिक संक्रमणको अन्त्यतिर आएको बताए ।

बिहीबार बिहान भारत, बंगलादेश र साइप्रसका प्रेस काउन्सिल प्रतिनिधिसँगको सामूहिक भेटमा प्रधानमन्त्रीले दाहालले प्रेस लोकतन्त्र र सुशासनको आधारस्तम्भ पनि बताए ।

प्रधानमन्त्री दाहालले भने, ‘नेपाल राजनीतिक संक्रमणको अन्त्यतिर आएको छ । नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणमा प्रेस जगतको निकै ठूलो भूमिका छ । प्रेसको सकारात्मक भूमिका नभएको भए मौलिक ढंगबाट शान्ति र संविधानको प्रक्रिया सफलतामा टुंग्याउन सम्भव पनि थिएन ।’ दाहालले आगाडि थपे, ‘हामीले नयाँ संविधान निर्माण गरेका छौं, संविधानले पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था गरेको छ । प्रेस नै लोकतन्त्र र सुशासनको आधारस्तम्भ हो भन्नेमा सरकार स्पष्ट छ ।’

२१औं शताब्दी सूचना र प्रविधिको युग भएकामा जोड दिँदै प्रधानमन्त्री दाहालले भने, ‘सूचना र प्रविधिको विकासले विश्व जगतमै महत्वपूर्ण परिवर्तन ल्याएको छ, सामाजिक जागरण ल्याएको छ । यसलाई विश्वस्तर र दक्षिण एसियामा संगठित गरेर अगाडि बढ्ने तपाईहरुको प्रयास प्रशंसनीय छ । नेपाल सरकार त्यसका लागि हातेमालो गर्न तयार छ ।’

भेटमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्ण बहादुर कार्की, नेपाल पत्रकार महासंघका प्रतिनिधिहरु साइप्रस प्रेस काउन्सिलका प्रतिनिधि अली हान्श्री, भारतीय प्रेस काउन्सिलका अध्यक्ष जस्टिस् चन्द्रमौली कुमार प्रसाद, बंगलादेश प्रेस काउन्सिलका अध्यक्ष जस्टिस् ममताज् उद्दिन अहमेद लगायतको प्रतिनिधि मण्डलले प्रेस स्वतन्त्रताप्रति नेपालले देखाएको लचकताको प्रशंसा गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ