arrow

नेपालको पर्यटन, जलविद्युत र टेलिकममा लगानी गर्न कतार इच्छुक

मन्त्री महतद्धारा कतारका अमिर, विदेशमन्त्री र श्रममन्त्रीसँग भेटवार्ता

logo
प्रकाशित २०७३ पुष २८ बिहिबार
photo.jpeg
कतार ।  कतार भ्रमणमा रहेका परराष्ट्र मन्त्री प्रकाश शरण महतले बिहिबार यहाँका अमिर, विदेश र श्रममन्त्रीसँग भेटवार्ता गरेका छन् । सो भेटका क्रममा महतले कतारमा रहेका साढे तीन लाख भन्दा ठूलो संख्याका नेपाली श्रमिकहरुको सेवा, सुविधा र सुरक्षाका बारेमा कुरा उठाउएका थिए ।
 
मन्त्री  महतले गरेका वार्ताका क्रममा नेपाली श्रमिकको सेवा सुविधाका लागि कतार सरकार गम्भीर रहेको भन्दै यहाँ समस्यामा परेकाको सुविधाका लागि सुरक्षित आवास गृहको स्थापना गर्ने, मजदुरले पाउनुपर्ने सुविधा नपाई कानुनी समस्या झेल्नुपरेको अवस्थामा अदालतसम्म पुग्दा झन्झटिलो हुने भएकोले श्रम मन्त्रालयअन्तर्गत नै एक संयन्त्र स्थापना गरी त्यहीँबाट समस्या समाधान गर्ने, नेपालमा एक पोलिटेक्निकको स्थापना गरी दक्ष जनशक्ति स्थापनाका लागि लगानी गर्ने तथा नेपालको हस्पिटालिटी, पर्यटन, हाइड्रोपावर र टेलिकममा कतारले लगानी गर्ने विषयमा कुराकानी र समझ्दारीहरु भएको थियो । 
 
नेपालले आगामी चैतमा गर्न लागेको लगानी समिटमा कतारले एक अनुसन्धान टोली पठाउने र त्यसले नेपालका कुन कुन क्षेत्रमा लगानी गर्न सकिन्छ भन्ने बारेमा दिएको सुझावको आधारमा नेपालमा कतारले लगानी गर्नुका साथै द्विपक्षीय सम्बन्धका क्षेत्रको विस्तारका सम्भावनाहरुको पहिचान गर्ने बारेमा छलफल भयो ।
 
ती भेटवार्ताहरुमा भएको छलफलका क्रममा कतारमा रहेका ठूलो संख्याका नेपालीको हकहित र उन्रीहरुले पाउनुपर्ने सुविधा र सुरक्षामा नेपालले राखेको चासोप्रति कतार अत्यन्तै सकारात्मक भएको थियो । साथै अन्तर्राष्ट्रिय मापदण्ड तथा परिवर्तित सन्दर्भमा कतारको श्रम कानुनमा गरिएको सुधारलाई मन्त्री महतले स्वागत गरेका थिए । 
 
त्यस अवसरमा मन्त्री महतले नेपाल र कतारका बीचको सम्बन्ध केवल श्रमिक पठाउने देशका रुपमा मात्र नभएर द्विपक्षीय अन्य विषय र नेपालमा कतारले लगानी गर्ने बारेमा आग्रह गरे।  महतले कतारका अमिरलाई नेपाल भ्रमणका लागि आमन्त्रण गरे। 
 
भेटका अवसरमा अमिर थानीले कतारमा कर्यरत नेपालीहरु परिश्रमी र इमान्दार रहेका भन्दै नेपालीको उच्च प्रशंसा गरे। त्यस अवसरमा मन्त्री महतले दक्ष जनशक्तिको रोजगारीमा नेपालीको कोटा बढाउन गरेको मागप्रति अमिर सकारात्मक देखिए ।
 
त्यसैगरी आजै कतारका विदेशमन्त्रीसँग पनि दुई देशबीचको हितका बारेमा कुराकानी भएको थियो । भेटका क्रममा सम्बन्धको सुदृढिकरणका साथै अन्य आपसी फाइदाका बारेमा आगामी दिनमा उच्चस्तरीय भेटह्ररुलाई थप अभिबृद्धि गर्ने बारेमा छलफल भएको थियो । त्यसैगरी यहाँका श्रम मन्त्रीन्त्रीसँग कतारमा रहेका नेपालीहरुको श्रमिकको हकहित र सेवा सुविधाका विभिन्न पक्षमा विस्तृत रुपमा छलफल भएको थियो ।
 
नेपालका दक्ष तथा अर्धदक्ष कामदाररको कोटा बढाउने, चौविस घन्टे विमा सुविधा लागू गराउने, सन् २००५ मा भएको श्रम सम्झौतामा आवश्यक परिमार्जन गर्ने, श्रमिकको विभिन्न समस्या तथा गुनासोको छिटोछ्रन्दा छिटो समाधानका लागि अलग्गै संयन्त्र बनाउने, सुरक्षित आवस गृहको व्यवस्था गर्ने, कतारको श्रम मन्त्रालय र नेपाली दूताबासबीच समन्वय र सहकार्य बढाउनेलगायतका विषयमा छलफल भयो ।
 
 सो बैठकमा कतारका श्रम राज्यमन्त्रीको पनि उपस्थित थियो। यी सबै मुद्दामा कतार सरकार सकारात्मक रहेको र आवश्यक सहयोग गर्ने प्रतिबद्धता उनिहरुले व्यक्त गरेका थिए । बैठकमा श्रम तथा रोजगार मन्त्रालयका सहसचिव गोविन्दमणि भूर्तेल पनि सहभागी थिए ।
 
साथै द्विप्रक्षीय बैठकहरुमा परराष्ट्र सचिव शंकरदास बैरागी, कतारका लागि नेपाली कार्यबाहक राजदूत मणिरत्न शर्मा, परराष्ट्र मन्त्रालयको पश्चिम एसिया महाशाखाका कौशलकिशोर राय पनि सहभागी थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ