arrow

जनताकै मागले टुक्र्याइयो प्रदेश ५, अर्घाखाँचीबाट पोखरा जान टाढा भए सुरुङ मार्ग

सबै जलविद्युत् आयोजनाको काम द्रुत गतिमा

logo
प्रकाशित २०७३ पुष २८ बिहिबार
Janardan.jpg.jpeg

अर्घाखाँची । ऊर्जा मन्त्री जनार्दन शर्माले देशभर विद्युत्भार कटौतीको अन्त्य गर्ने गरी मन्त्रालयले द्रुत गतिमा काम गरिरहेको बताएका छन् । प्रेस सेन्टर नेपालले गरेको पत्रकार सम्मेलनमा मन्त्री शर्माले अहिले काठमाडौँसहित मुख्य केही स्थानमा विद्युत्भार कटौती न्यून भएको पनि बताए ।  

मन्त्री शर्माले अर्घाखाँची जिल्लाको सिमानामा रहेको नौमुरे परियोजना छिट्टै सञ्चालन हुने गरी काम भइरहेको, पश्चिमको सेती, नरसिङघाट, सल्यानमा भएको शारदा, उत्तरगङ्गा, अरुण तमोर, बूढीगण्डकीलगायतका परियोजनालाई अगाडि बढाउने गरी काम भइरहेको जानकारी दिए ।

दलीय राजनीतिका विषयमा कुरा गर्दै मन्त्री शर्माले संविधान संशोधनका लागि मतदान प्रक्रियामा जाने र निर्वाचनको मिति तोक्न प्रतिपक्षी एमालेसँग सहमति भएको सुनाए ।

मन्त्री शर्माले गणतन्त्र, सङ्घीयता र प्राप्त उपलब्धिलाई संस्थागत गर्न प्रमुख दलहरु एक हुनुपर्ने धारणा राखे । रोल्पा र रुकुमका जनताको मागअनुसार नै ५ नम्बर प्रदेशबाट पहाडी जिल्ला अलग्याएको बताउँदै मन्त्री शर्माले अर्घाखाँचीका जनतालाई पोखरा जान टाढा भएमा सुरुङ मार्ग निर्माण गरिदिने आश्वासन पनि दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ