arrow

भायकानोको पोष्टमा रियालको गोल वर्षा, ग्यारेथ बेल एक्लैको चार गोल

logo
प्रकाशित २०७२ पुष ६ सोमबार
Bale-1.jpg.jpeg
एजेन्सी । स्पेनिश लिग ला लिगा फुटबलमा रियाल मड्रिडले रायो भायकानोको पोष्टमा गोलको वर्षा गरेको छ । आफ्नै मैदानमा आइतबार राति रियालले भायकानोविरुद्ध १० गोल गरेको हो । खेलको तेस्रो मिनेटमै डेनिलोको गोलबाट अग्रता लिएको रियालका लागि ग्यारेथ बेल एक्लैले चार गोल गरे ।
 
करिम बेन्जेमाले ह्याट्रिक गर्दा मुख्य फरवार्ड क्रिश्चियानो रोनाल्डोले दुई गोल गरे । पहिलो हाफ अघि भायकानोका अमाया र जोजाबेडले एक–एक गोल गरेपनि दोस्रो हाफ रियालको कब्जामा रहयो । पहिलो हाफ अघिनै भायकानोका दुई खेलाडी रातोकार्ड खाँदै मैदानबाट बाहिरिएपछि टोली ९ जनामा सिमित बन्यो । 
 
यस्तै एथ्लेटिक विल्बाओले लेभान्तेलाई २–० ले हरायो । ग्रानाडा सेल्टा भिगोसंग पराजित हुँदा भिल्ला रियलले रियाल सोसिडाडलाई २–० ले नै पराजित गरेको छ । यी खेलसंगै लिगमा १५ खेलबाट ३५ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा छ । एक खेल बढी खेलेको एथ्लेटिको मड्रिड समान अंक रहेपनि गोल अन्तरका आधारमा पछि परेको छ । १६ खेलबाट ३३ अंक जोडेको रियाल मड्रिड तेस्रो स्थानमा छ । ३१ अंकको सेल्टा भिगो चौथो स्थानमा कायम छ ।                                                                                                                                                                                                                                                             



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ