arrow

भीमदत्त नगरपालिकाको बजेट साढे ४५ करोड

कञ्चनपुकै पहिलो नगरपालिकाको परिषद् सम्पन्न

logo
ईश्वर दत्त बडू,
प्रकाशित २०७३ पुष २८ बिहिबार
np-bhim-idb.jpeg
कञ्चनपुर ।  कञ्चनपुरको पहिलो नगरपालिका भीमदत्त नगरपालिकाको नगर परिषद् सम्पन्न भएको छ । भीमदत्त नगरपालिकाको ११ औँ नगर परिषद् सम्पन्न भएको हो ।  कार्यकारी अधिकृत गेहेन्द्र बहादुर डाँगीले आगामी आर्थिक बर्ष २०७४-०७५ का लागि ४५ करोड ७६ लाख ६३ हजार बराबरको बजेट प्रस्तुत गरिएको बताए । जसमध्ये नगरपालिकाको आन्तरिक कोषतर्फ ४ करोड ५० लाख, नगरविकास कोष, क्षेत्रीय शहरी विकास कार्यक्रम, सडक वार्ड सीमा क्षेत्र विकास कार्यक्रमबाट २५ करोड २६ लाख ६३ हजार समाजिक सुरक्षा भत्ता अनुदान १५ करोड र मौजदान १ करोड गरि जम्मा ४५ करोड, ७६ लाख, ६३ हजार बराबरको बजेट प्रस्तुत गरिएको हो ।
 
प्रशासनिक तर्फ ४ करोड, ३५ लाख, म्याचिङ्ग फण्डमा ३ करोड ५० लाख, बसपार्क निर्माण ६ करोड ५० लाख, नगरको फोहोरमैला व्यवस्थापनमा ९० लाख, नगर क्षेत्र विकास पुर्वाधार कर्याक्रम २ करोड, १५ लाख, ५९ हजार, क्षेत्रिय शहरी विकास कार्यक्रम ३ करोड, ५६ लाख, ४८ हजार, समाजिक सुरक्षा तर्फ १५ करोड, नगर विकास कोष सावा ब्याज भुक्तानीमा ५० लाख, सीमा क्षेत्र विकास ५० लाख, सडक बोडको मर्मत ९४लाख, समाजिक परिचालन ९० लाख, मर्मत सम्भार ५ लाख, लक्षित वर्ग कार्यक्रम ३९ लाख ९८ हजार, २ सय, सार्वजनिक निर्माण कार्य ६ करोड, ५० लाख, ५७ हजार, ८ सय रुपैया विनियोजन गरेको छ । 
चालु तर्फ ५ करोड, २५ लाख, अनुदान तर्फ १५ करोड, पुजिगत तर्फ २५ करोड, ५१ लाख, ६३ हजार रुपैया विनियोजन गरिएको छ । भीमदत्त नगरपालिकाको परिष्दमा प्रशासकीय अधिकृत हरि सिंह धामीले नगरपालिकाले सघन शहरी विकास कार्यक्रमका साथै एशियाली विकास बैंक मार्फत कार्यक्रम संचालन गरिएको बताए । 
 
यसै गरी जिल्लाकै अर्को झलारीपिपलाडी नगरपालिकाको तेस्रो नगर परिषद् पनि सम्पन्न भएको छ । झलारी नगरपालिका कार्यालयका कार्यकारी अधिकृत रघुनाथ अवस्थीले आगामी आर्थिक बर्षको नीति, बजेट तथा कार्यक्रम प्रस्तुत गरेका छन् । कार्यकारी अधिकृत अवस्थीले आगामी आर्थिक बर्ष २०७४÷०७५ का लागि साढे १४ करोड भन्दा बढीको बजेट प्रस्तुत गरेका छन् । १४ करोड, ६७ लाख ८४ हजार रुपौया बजेट प्रस्तुत गरिएको हो । 
 
चालु तर्फ १ करोड, २६ लाख, ७७ हजार र पुँजिगत तर्फ ८ करोड, ६० लाख, २३ हजार रुपैया प्रस्तुत गरिएको छ । समाजिक तर्फ ४ करोड, ८० लाख, महिला तर्फ १५ करोड, ६८ लाख, बालबालिका तर्फ १५ करोड, ६८ लाख, विपन्न तर्फ २३ लाख, ५१ हजार रुपैया प्रस्तुत गरिएको छ । दुवै नगरपरिषद्को व्यवस्थापिका संसद सदस्य बहादुर सिह थापाले उद्घाटन गरेका छन् । दुवै नगरपालिकाको परिष्द उद्घाटन गर्दै साँसद थापाले स्थानीय निकायको निर्वाचनमा जोडदिएका छन् । 
 
नगर परिषद्मा बोल्ने वक्ताहरुले स्थानीय निकायमा लामो समयदेखि जनप्रतिनिधी नहुँदा कर्मचारीतन्त्रले मनपरी गरेको आरोप लगाएका छन् । स्थानीय निकायमा जनप्रतिनिधी अभावमा जनताको अपेक्षा, विकास निर्माण हुनुको साटो सेटिङ्गमा भ्रष्टाचार मौलाएको समेत ठोकुवा गरेका छन् । जनताको भवना विपरित काम भएको भन्दै वक्ताहरुले स्थानीय निकायको निर्वाचन गरेर विकासलाई तिव्रता दिनुपर्नेमा जोडदिएका छन् । 
 
कार्यक्रममा काँग्रेस,एमाले, माओवादी केन्द्र, राप्रपा, जनमोर्चा, वैद्य÷विप्लप माओवादी, किसान, मधेशी लगायतका राजनीतिक दलका प्रतिनिधी विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । समग्र नगरको विकासका लागि कर्मचारीहरुले आ–आफ्नो क्षेत्रबाट कर्तव्य निभाउनुपर्नेमा समेत जोडदिएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ