arrow

मधेस केन्द्रित दल विना निर्वाचन असम्भव : पशुपति शमशेर

कमल थापा सरकारमा जान्छन्, तत्काल सरकार ढल्दैन

logo
प्रकाशित २०७३ पुष २८ बिहिबार
pashupati-rana-new-aa.jpeg

भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपति शमशेर राणाले मधेसी मोर्चा विना कुनै निर्वाचन सम्भव नभएको बताएका छन् । रफत सञ्चार क्लबकाे साक्षात्कारमा राणाले  संविधान संशोधन गरी मधेसका जायज माग सम्बोधन नगरी गर्न थालिएको कुनै पनि निर्वाचन सम्भव नभएको बताएका हुन् ।

उहाँले संविधान संशोधनमा अंगिकृत नागरिकलाई जसरी उसको देशको नागरिकता त्याग्ना साथ नागरिकता उपलब्ध गराउने प्रावधान राखिएको छ, यो गलत भएको बताए । अन्य देशमा जसरी वर्षौ लाग्छ त्यसरी नै लागू गर्नु पर्ने भन्दै अध्यक्ष राणाले यो सारै खुकुलो व्यवस्था भएको पनि बताए ।
स्थानीय निकायको निर्वाचन भइहाले पनि प्रान्त र संसदको निर्वाचनका लागि प्रादेशिक कानुनको सीमांकन कसरी निर्धारण गर्ने भनि आयोग वा समिति बनाउने तर्फ ध्यान जान नसकेको टिप्पणी गर्दै राणाले सीमांकनको विषय नसकिएसम्म अरु प्रक्रिया अघि नबढ्ने तर्क गरे ।

दोस्रो जनअन्दोलन पश्चात नेपालको राष्ट्रियता इतिहासमै कमजोर भएको भन्दै राष्ट्रियताको मुद्दालाई लिएर नै राप्रपा नेपाल र राष्ट्रिय पजातन्त्र पार्टी एक भएको सुनाए । संविधानमा धर्म निरपेक्षा राख्नु गलत भएको भन्दै राणाले हिन्दु राष्ट्रका सवालमा जनमत संग्रह गरिनु पर्ने र सबै धर्म प्रति सद्भाव रहेको हिन्दु राष्ट्र कायम गरिनु पर्ने बताए । प्रचण्ड सरकारमा फेरबदल हुने भन्दै कमल थापा सरकारमा जान लागेको बताउँदै  तत्काल सरकार परिवर्तन नहुने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ