arrow

संविधानले अधिकार दिने हो, वुद्धि, विवेक र क्षमता दिदैन : नेम्बाङ

संविधान

logo
प्रकाशित २०७३ पुष २८ बिहिबार
nembang-news.jpeg

काठमाडौं । पूर्वसभामुख सुवासचन्द्र नेम्बाङले प्रमुख दलबीचको मनमुटावले संविधान कार्यान्वयनमा जटिलता उत्पन्न भएको बताएका छन् । ‘संविधान जारी गर्ने बेला जसरी यी दल मिले, अब कार्यान्वयनमा पनि त्यसरी नै एक जुट हुनैपर्छ’, गोल्डेन खबर अनलाइन पोर्टलको शुभारम्भ गर्दै पूर्वसभामुख नेबाङले भने, ‘दल आपसमा नमिल्ने हो भने, आउँदो माघ ७ भित्रमा ३ वटै निर्वाचन गर्न सकिएन भने संविधान कार्यान्वयन हुन सक्दैन ।’

नेम्बाङले संविधानले जनतालाई सबै अधिकार दिएको प्रष्ट्याए । ‘संविधानले अधिकार दिने हो, वुद्धि, विवेक र क्षमता दिदैन,  उनले भने, ‘बुद्धि, विवेक र क्षमता आफैले विकास गर्नुपर्छ । हामी कसरी मर्यादित बन्ने कुरा संविधानले दिदैन, मर्यादित आफै हुने हो ।’

नेता नेम्बाङले लोकतन्त्रलाई संस्थागत गर्न संचारमाध्यमको भूमिका बढी नै हुने धारणा राखे । ‘विगतका आन्दोलन सफल हुन पनि सञ्चारमाध्यमको भूमिका उल्लेखीय छ’ उनले भने, ‘हाम्रा आवाज विश्व भर पस्किन सञ्चारमाध्यमकै भूमिका छ ।’

काठमाडौं क्षेत्र नम्बर ३ का सांसद रामेश्वर फुयाँलले संघीयता पहिचाहन र सामथ्र्य हेरेर बनाउनु पर्ने बताए । ‘५ विकास क्षेत्रलाईलाई नै संघीयता मान्दा सबै भन्दा उत्तम हुन्छ’ उनले भने ।

सांसद फुयाँलले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदान कहिल्यै बिर्सन नसकिने बताए ।  ‘राष्ट्रिय एकता दिवसमा सरकारले यस पाली त बिदा दिएन, तर अर्को साल जसरी पनि पृथ्वी जयन्ती मनाइन्छ ।’ उनले भने । मओवादी केन्द्रका पोलिटव्यूरो सदस्य प्रकाश रोकायले एनजीओ र आइएनजिओले देश बिगारेको आरोप लगाए । ‘कर्णालीमा एनजीओलाई प्रतिबन्ध लगाउनु पर्छ’ उनले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ