arrow

माओवादी नेताकाे भाषणले महोत्सव विथोलियो, ढुंगामुढा पछि ऊर्जामन्त्री नबाेली फर्किए

logo
प्रकाशित २०७३ पुष २८ बिहिबार
urajamantri-dhunga.jpeg

अर्घाखाँची । सत्ताधारी माओवादीका केन्द्रीय नेताले आपत्तिजनक भाषण गरेको भन्दै सन्धीखर्कमा विहीबार उद्घाटन भएको महोत्सव विथोलिएको छ । महोत्सवका दर्शकले उद्घाटन गर्न पुगेका ऊर्जामन्त्री जनार्दन शर्माको टोलीलाई लक्षित गर्दै ढुंगा प्रहार गरेर कार्यक्रम विथोलेका हुन् ।
आक्रोशित भिडले मञ्चमा ढुंगा प्रहार गरेपछि कडा सुरक्षाबीच मन्त्री शर्माको टोलीलाई हेलिकोप्टरमा काठमाडौं पठाइएको थियो ।

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य एवं पूर्व सांसद डिलाराम आचार्यले बोल्ने क्रममा ‘५ नम्बर प्रदेश टुक्रिँदैमा केही फरक पर्दैन । नेपाल टुक्रिँदैन’ भनेपछि युवा जमातले ढुगां प्रहार गरे । नेता आचार्यले बोलेको कुरा फिर्ता लिएको उद्घोष गरेपनि आक्रोशित भीड नियन्त्रण हुन सकेन ।
तित्तरवित्तर भएका अथितिसँग आयोजकले माफी समेत माग्न पाएन ।  ढुंगामुढा हुन थालेपछि प्रहरीले लाठी चार्ज गर्नु परेको थियो भने पत्रकार प्रेम खड्का घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

ऊर्जा मन्त्री नबाेली फर्किए ।
अर्घाखाँचीको सन्धिखर्क ट्राफिक चोक पछाडी बनाइएको महोत्सव स्थलको मञ्चमा उर्जामन्त्री त्यस्तै २, साढे २ बस्न पाए । जिल्लाका सबै नेता र वक्ताहरुले बोल्ने क्रम सकिएपछि केन्द्रीय नेताको बोल्ने पालो आयो ।

नेता आचार्यले बोल्दा बोल्दै विचैमा प्रदेश ५ टुक्र्याउने प्रसंग झिकेपछि युवाहरुले ढुंगा प्रहार सुरु गरे । भीड नियन्त्रण गर्न नसकेपछि प्रहरीले आचार्यलाई सेनाको गाडीमा हालेर लग्यो भने ऊर्जामन्त्री शर्मा हेलिकोप्टर चढेर काठमाडौं फर्किए । मञ्चमै ढुंगा बर्सिएपछि उर्जामन्त्री जनार्दन शर्मा महोत्सवमा सम्बोधन नगरिकनै फर्किए ।

मन्त्री शर्मासँग नेता आचार्य, विद्युत् प्राधिकरणका संचालक समिति सदस्य भक्तबहादुर पुनलगायत थिए । मन्त्री शर्मा फर्किएपछि कार्यक्रम पुनः संचालन भएको छ । नेता आचार्यले आफू पनि अर्घाखाँचीबासी भएको भन्दै जिल्लावासीसँग माफी मागे ।

कार्यक्रम अघि ऊर्जामन्त्री शर्माले रुकुम र रोल्पाका जनताको मागमा प्रदेश ५ टुक्र्याएको भन्दै अर्घाखाँचीबाट पोखरा जान टाढा भए सुरुङ मार्ग बनाइदिने बताएका थिए । जिल्लाको पर्यटन, व्यापार र संस्कृति प्रवर्द्धनका लागि भन्दै सहारा शान्ति सामूदागिक युवा क्लबले महोत्सव आयोजना गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ