arrow

राष्ट्रको स्वाभिमान बचाउन कटिबद्ध छु : ओली

‘माओवादी कम्युनिष्ट हुनै सक्दैन’

logo
प्रकाशित २०७३ पुष २८ बिहिबार
oli-g-nya-news.jpeg

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रको स्वाभिमान बचाउन आफू कटिवद्ध रहेको बताएका छन् । एमाले नेता तथा साहित्यकार प्रदीप नेपालको लघु उपन्यास ‘आमाको मन’ को लोकार्पण गर्दै ओलीले देशको शिर झुक्न नदिन र राष्ट्रको स्वाभिमान बचाइ राख्न आफूले प्रधानमन्त्री पदबाट राजीनामा दिएको बताए ।

अध्यक्ष ओलीले भने, ‘मेरो ५२ वर्षे राजनीति देशको हितका लागि बित्यो, म जनतालाई अल्मल्याउने र जनताका बीचमा फाटो ल्याउने राजनीति पनि कहिल्यै गरिनँ ।’ ढाँट, छल र जनता अल्मल्याउने राजनीति तथा जनता जगाउने राजनीतिलाई अलगअलग रुपमा बुझ्नुपर्ने उल्लेख गर्दै उहाँले कम्युनिष्ट उग्र नभई शिष्ट, संयमित र समर्पित हुनुपर्छ, त्यसैले आफू सही कम्युनिष्ट नेता भएको दाबी गरे ।

अर्काे प्रसङ्गमा अध्यक्ष ओलीले पृथ्वीनारायण शाहलाई सम्मान गर्ने क्रममा राजतन्त्र फर्कने सपना नदेख्न आग्रह गर्दै ‘जन्मसिद्ध श्रेष्ठताका आधारमा बनेको र विगतमा खराब इतिहास भएको राजतन्त्र चाहिन्छ भन्नु पाखण्ड हो’ भने । यस्तै, अध्यक्ष ओलीले सत्ताधारी माओवादी केन्द्र कम्युनिष्ट पार्टी नभएकोे आरोप समेत लगाए । अध्यक्ष ओलीले माओवादी कम्युनिष्ट पार्टी भए आफू कम्युनिष्ट हुनै नसक्ने तर्क समेत गरे ।

अध्यक्षले ओलीले भने, ‘कम्युनिष्ट पार्टी शिष्ट, समर्पित, देश र जनताप्रति उत्तरदायी हुनुपर्छ । माओवादीमा यि कुनै गुण छैन ।’ अध्यक्ष ओलीले माओवादीले देश र जनताको हितमा समर्पित भएर राजनीति नगरेको टिप्पणी समेत गरे ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ