arrow

परिमार्जनसहित संशोधन प्रस्ताव पारित हुनुपर्छ : गच्छदार

झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुर पनि अलग गर्नु पर्ने धारणा

logo
प्रकाशित २०७३ पुष २८ बिहिबार
gachhadar-new-conve....jpg.jpeg

विराटनगर  । मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले परिमार्जनसहित संविधान संशोधनको प्रस्ताव पारित हुनुपर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा पत्रकारलाई नेता गञ्छदारले झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरका विषयमा संशोधनको प्रस्ताव मौन रहेकाले सो प्रस्ताव अधुरो र अपुरो रहेको बताए ।

‘आठ प्रदेश बनाउने सम्बन्धमा विगतमा भएका सहमतिलाई प्रमुख तीन दलले तोडेकाले समस्या सिर्जना भएको बताउँदै गच्छदारले सीमाङ्कनको विषय राजनीतिक भएकाले दलहरूबीच सहमति आवश्यक रहेकामा जोड दिए ।  रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ