arrow

कमल थापाले भने– संविधान संशोधन विधेयक राष्ट्रको हितमा छैन

logo
प्रकाशित २०७३ पुष २८ बिहिबार
kamal-thapa-1.jpg.jpeg

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले यथास्थितिमा संविधान संशोधनको विधेयकलाई समर्थन गर्न नसकिने बताएका छन् । राजधानीमा आयोजित कार्यक्रममा अध्यक्ष थापाले सरकारले ल्याएको सो विधेयक राष्ट्रको हित अनकूल नरहेकाले त्यसलाई स्वीकार्न नहुने बताए ।

अध्यक्ष थापाले मुलुकमा करिब ७० लाख युवामध्ये ५० लाख बिदेसिएकोमा चिन्ता व्यक्त गर्दै अब देशमा विकासका परियोजना सञ्चालन गरी ती युवालाई फर्काउनुपर्ने धारणा राखे । पार्टीका राष्ट्रिय अध्यक्ष पशुपतिशम्शेर राणाले सरकारले मुलुकमा शान्ति सुरक्षा, भ्रष्टाचार नियन्त्रण गर्न नसकेको आरोप लगाउँदै देशमा विद्यमान राजनीतिक अन्योलताको अन्त्यका लागि आफ्नो पार्टीले महत्वपूर्ण निर्णय लिने बताए ।

पार्टीका वरिष्ठ नेता प्रकाशचन्द्र लोहनीले छिमेकी राष्ट्रले गरेको प्रगतिले उनीहरुको अर्थतन्त्र तीव्रगतिमा अगाडि बढेको भए पनि नेपालमा राजनीतिक अस्थिरता र अन्योलताले विकास निर्माणका काम हुन नसकेको खिन्नता पोखे । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ