arrow

सूचना प्रबिधि क्षेत्रलाई देश बिकासको माध्यम बनाउन राजनैतिक नेतृत्व अझै तयार भएन : मन्त्री कार्की

logo
प्रकाशित २०७३ पुष २८ बिहिबार
tjf.png
काभ्रे । सूचना प्रबिधि क्षेत्रलाई देश बिकासको माध्यम बनाउन अहिलेसम्म उच्च राजनैतिक तह अझै तयार भइनसकेकोले यस क्षेत्रमा धेरै काम हुन नसकेको सूचना, संचार तथा प्रबिधि मन्त्री सुरेन्द्र कार्कीले बताएका छन् । सूचना प्रबिधि क्षेत्रमा कलम चलाउने पत्रकारहरुको क्षमता अभिबृद्धि गर्ने उदेश्यले प्रबिधि पत्रकार मञ्च( टिजिएफ ) ले धुलिखेलमा  आयोजित कार्यक्रमको उद्घाटन सत्रमा मन्त्री कार्कीले सो कुरा बताएका हुन् ।
 
सूचना प्रबिधि र टेलिकम्युनिकेशन क्षेत्रमा समाचार बनाउदा सामान्य  सूचनाको आधारमा भन्दा पनि यस क्षेत्रको आधारभूत कुराहरुको ज्ञान लिएर खोजमा आधारित भएर समाचार बनाउनु पर्नेमा बिज्ञहरुले जोड दिएका थिए । टेलिकम्युनिकेशन र सूचना प्रबिधि क्षेत्रमा नेपालमा पछिल्लो अवस्थामा के काम भइरहेको छ तथा अन्तराष्ट्रिय अभ्यासहरु के कस्ता रहेका छन् भन्नेबारेमा सम्बन्धित क्षेत्रका बिज्ञहरुले पत्रकारहरुलाई तालिम दिएका थिए । बुधबार र बिहिबार धुलखेलमा आयोजित तालिममा सूचना र प्रबिधि क्षेत्रमा कलम चलाउने २० भन्दा बढी पत्रकारहरु सहभागि रहेका थिए ।
 
सहभागि पत्रकारहरुलाई सूचना प्रबिधि विज्ञ मनोहर भट्टराई, नेपाल दुरसञ्चार प्राधिकरणका निर्देशक आनन्दराज खनाल, प्राधिकरणकै उप निर्देशक मिन प्रसाद अर्याल,  इन्टरनेट सेवा प्रदायक संघका पूर्व अध्यक्ष बिनय बोहराले सूचना प्रबिधि र टेलिकम्युनिकेशनमा बिभिन्न पक्षबारेमा जानकारी दिएका थिए । त्यसै गरी पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाँउलेले खोज पत्रकारिताकोबारेमा सहभागिहरुलाई बताए । तालिममा सहभागि पत्रकारहरुलाई नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झा तथा आयोजक संस्था टिजिएफकी अध्यक्ष सरस्वती ढकाल लगायतले प्रमाणपत्र बितरण गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ