arrow

विवादबीच उच्च अदालतमा न्यायाधीश नियुक्ति, रातारात निर्णय भएको खुलासा

logo
हाम्रा कुरा
प्रकाशित २०७३ पुष २९ शुक्रबार
rule-of-law.jpeg
काठमाडौं । न्यायपरिषदले उच्च अदालतमा न्यायाधीशहरु नियुक्त गरेको खुलेको छ । यस सम्बन्धमा औपचारिक पुष्टि भने हुन बाँकी छ । उच्च न्यायालयमा रिक्त रहेका न्यायाधीशहरुको गएराति अबेर नियुक्ति गरिएको दावी न्यायपरिषद स्रोतले गरेको छ । यद्यपि, नियुक्तिका सम्बन्धमा न्यायपरिषद सदस्यहरुमा मत विभाजन भएको स्रोतले जनाएको छ ।
 
प्रधानन्यायाधीश एवं न्यायपरिषद अध्यक्ष सुशीला कार्कीको अध्यक्षतामा बिहीबार दिउँसो बसेको बैठक विना निष्कर्ष टुंगिएपछि राति अबेर फेरि बैठक बसेर न्यायाधीश बन्नेहरुको नाम टुंग्याइएको स्रोतको दावी छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ