arrow

१७ सन्तानपछि गाउँलेको आग्रहमा परिवार नियोजन

logo
प्रकाशित २०७३ पुष २९ शुक्रबार
17-kids.jpeg
काठमाडौं । अचम्मै भयो । १७ सन्तान पाउँदासम्म कसैले केही भनेनन् । भने पनि उनको कानमा बतास लागेन । तर जब १७ सन्तानले घर नै सानो हुन पुग्यो तब बल्ल होश खुल्यो । अनि गाउँलेले सम्झाए । तर त्यो जोडीले परिवार नियोजन गर्न तयार भयो । 
 
घटना हो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गाउँ गुजरातको दाहोदस्थित झरिबुडीको । त्यहाँको एक किसान जोडीले बच्चा जन्माउने मेसिन जसरी निरन्तर १७ सन्तान पायो । अहिलेसम्म १५ जना ज्यूँदै छन् । दुई छोरीको निधन भयो । अचम्म त के भने १५ जनामा एउटा छोरो हो । त्यसपछि बल्ल किसान जोडी राजी भयो परिवार नियोजन गर्न । 
 
झरिबुडी गाउँका राम सिंहले बाँचेका १४ छोरीको जिम्मेवारी लिन छोरा पाउन चाहेका थिए । छोरो पाए । त्यसपछि परिवार नियोजन गर्न तयार भए । जम्मा दुई बिगाह जमीनमा मकै र गहुँ खेती गरेरै राम सिंहले गुजारा गर्छन् । उनकी पत्नी कानू संगोट मजदूरी गर्छिन् । छोरो जन्मिएपछिमात्र बल्ल पञ्चायतले पनि परिवार नियोजन गर्न सल्लाह दियो । 
 
यसबाट स्पष्ट हुन्छ कि कस्तो गैरजिम्मेवार पञ्चायत रहेछ । पञ्चायतलाई पनि छोरो नै चाहिएको रहेछ । छोरो जन्मिएपछि पञ्चायतका प्रमुख विरल बेनले भने ‘गाउँलेहरुले राम सिंह र कानूलाई परिवार नियोजनका लागि सम्झाए, महंगी बढेको छ, पढाइ र विवाह कसरी हुन्छ भनेर सम्झाए ।’
 
कुखुराले चल्ला कोरले जसरी बच्चा जन्माएका राम सिंहलाई आफ्ना सन्तानको जन्म मिति थाहा छैन । यीमध्ये कतिको त नामसमेत राखिएको छैन । राम सिंहलाई यत्तिमात्र थाहा छ कि एक्लो छोरोको जन्म सन् २०१३ मा भएको थियो । उसको नाम विजय राखिएको छ । राम सिंहलाई दुई छोरा चाहिएको रहेछ ।
 
गाउँलेको दवावले परिवार नियोजन गर्दा पनि उनलाई चित्त दुखेको रहेछ । १७ सन्तानमध्ये दुईको मृत्यु भएको छ भने दुई छोरीको विवाह भइसकेको छ । 
 
नामै नराखिएका छोरीहरुको बिहे गर्न पक्कै सकस त होला नि है । के हेर्दोरहेछ त्यहाँको शिक्षाले पनि खोइ । (एजेन्सी)
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ