arrow

तेस्रो बंगलादेश प्रर्दशनी मेला–२०१७ को तयारी पूरा

मेलाले नेपाल–बंगलादेश सम्बन्ध थप मजबुद हुन्छ : राजदुत शाम्स्

logo
प्रकाशित २०७३ पुष २९ शुक्रबार
bangladesh.jpeg
काठमाडौं। नेपालस्थित् बंगलादेश दुतावासको आयोजनामा यही माघ ४ गतेदेखि काठमाडौंमा तेस्रो बंगलादेश प्रर्दशनी मेला–२०१७ हुने भएको छ। शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर नेपालको लागि बंगलादेशकी राजदुत मास्फी बिन्ते साम्सले प्रर्दशनी मेलाको तयारी पूरा भएको जानकारी दिईन्। उनले भनिन्,‘नेपाल र बंगलादेशवीचको आर्थिक, व्यापारिक सम्बन्धलाई थप मजबुद बनाउनको लागि यो मेलाले ठूलो सहयोग गर्छ, नेपालीहरुको फाईदाको लागि नै हामीले यो मेलाको आयोजना गरेका हौं, बंगाली सामानहरुको उपभोग गर्नको लागि यसले प्रेरित गर्नेछ भन्ने मैले विश्वास लिएकी छु।’
 
उनले बंगलादेशमा उत्पादन भएका वस्तुहरुको नेपाली बजारमा परिचित गराउने र नेपालीहरुले पनि नेपालकै स्वदेशी उत्पादनहरुलाई प्रदर्शनीमा  पहिलो र दोस्रो बंगलादेश प्रर्दशनी मेलाको अपार सफलतापछि तेस्रो प्रदर्शनी यही माघ ४ गते मंगलबारदेखि ८ माघ शनिबारसम्म काठमाडौंको प्रदर्शनीमार्गस्थित् भृकुटिमण्डपमा हुने आयोजकले जनाएको हो। ५ दिनसम्म चल्ने उक्त मेलामा आगन्तुकहरुले विहान १० बजेदेखि ५ बजेसम्म अवलोकन तथा समान खरिद गर्न पाउने समेत आयोजकले जानकारी दियो। 
 
कार्यक्रममा बोल्दै राजदुत शाम्स्ले नेपालमा बंगलादेशी उत्पादनहरु अत्याधिक रुचाईएकोले बंगलादेशी उत्पादनहरुको प्रदर्शन तथा प्रर्वद्धन र नेपाल–बंगलदेशवीचको व्यापारिक सम्बन्ध अझै विस्तार गर्ने उद्देश्यले दुतावासले यो मेलाको आयोजना गरेको बताईन्। उनले भनिन्,‘विगत दुई वर्षदेखि निरन्तर आयोजना भैरहेको यो मेला हेरक वर्ष निरन्तरता दिने हाम्रो योजना रहेको छ।’मेलाको व्यवस्थापकमा सिन्थेसिस एक्जिबेशन एण्ड ईभेन्ट्स प्रा.ली नेपाल र यूटर्न ईभेन्टस् अर्गानाईजेशन बंगलादेश रहेका छन्। 
 
मेलाको उद्धघाट्न भने आपूर्तिमन्त्री दिपक बोहरा र नेपालका लागि बंगलादेशकी राजदुत बिन्ते मास्फी शाम्स्ले संयुक्त रुपमा गर्ने आयोजकले जानकारी दियो।  मेलामा १०० भन्दा बढि स्टल रहनेछन्। मेलामा करिब ६० हजारले अवलोकन गर्ने समेत आयोजकले विश्वास लिएको छ। मेलाको जानकारी दिनको लागि पत्रकार सम्मेलन आयोजना गरेर क्लबका सभापति ऋषि धमलाले धेरै राम्रो काम गरेको भन्दै राजदुत शाम्स्ले धमलालाई धन्यवाद दिईन्। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ