arrow

सावधान तपार्इँकाे गल्ती आकाशबाट हेरिरहेकाे हुन्छ ट्राफिक प्रहरीले

logo
प्रकाशित २०७३ पुष २९ शुक्रबार
traffice.jpg.jpeg
काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन सहज बनाउने उद्देश्यले  ड्रोनको माध्यमबाट गल्तीको निगरानी गर्ने भएको छ । एनएमबी बैंकले दिएको ड्रोन बुझ्दै ट्राफिक प्रहरी महाशाखाले यसले चालकहरुको लापरबाही कम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने  अपेक्षा पनि राखेको छ । 
 
शुक्रबार बैंकले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई मानवरहित हवाई विमान ९ड्रोन० प्रदान गरेको हो । बैंकका प्रमुख कार्यकारी निर्देशक उपेन्द्र पौडेलले ‘डेल्टा जुलियट इन्डिया ब्रान्डको पेन्टम फोर प्रो’ नामक हवाई विमान महाशाखाका प्रमुख प्रकाश अर्याललाई हस्तान्तरण गरेका थिए । उक्त विमान रिमोट कन्टोलमार्फत आकाशमा उड्ने र उपत्यकाको ट्राफिक अवस्थाबारे मोबाइलमार्फत महाशाखालाई जानकारी दिनेछ । 
 
महाशाखाका प्रमुख अर्यालले बढ्दो ट्राफिक जाम न्यूनीकरण गर्न तथा ट्राफिक उल्लङ्घनका घटना कम गर्न सो प्रविधिले सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले ट्राफिक व्यवस्थापनका लागि प्रविधिका साथसाथै स्वयं सवारीधनी नै सचेत हुनुपर्नेमा जोड दिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ