arrow

सुरु भयो सुदूरपश्चिमकै ठूलो पर्शुराम तिर्थमेला

logo
टेकराज अवस्थी,
प्रकाशित २०७३ पुष २९ शुक्रबार
parsuram-mela.jpeg
कर्णाली ।  सुदूरपश्चिमको पवित्र प्रमुख धार्मिक पर्यटन क्षेत्र परशुरामधाममा शनिवार भव्य मेला सम्पन्न हुदैछ । स्कन्दपुराणको मानसखण्डमा कर्णालीको कागपर्वत र पश्चिमको अल्मोडा नन्दा पर्वतगिरि बिचको मानसक्षेत्र बराबर अर्को कुनै तिर्थ छ भने त्यो परशुराम हो भनि उल्लेख भएको र भगवान बिष्णुको अवतार परशुरामले हजारौं वर्ष यज्ञतप गरेको तिर्थस्नानको रुपमा स्थापित परशुराममा पौष मसान्त देखि नै मेला शुरु भई भोली बिहान महास्नान गरि दिवा मेला पनि सम्पन्न गरिन्छ । 
 
हिन्दु धर्माबलम्बीको आस्थाको केन्द्र मानिने सुदूरपश्चिमकै प्रसिद्ध डडेल्धुरा जिल्ला शिर्ष गाउँ विकास समिति वडा नं. ९ परिगाउँमा अवस्थित परशुरामधाममा प्रत्येक वर्ष मकर संक्रान्तिका अवसरमा मसान्तको रात्रीमा भजनकीर्तन र बिहान स्नान गरि मेला  भर्न सुदूरपश्चिमका नौवटै जिल्ला , सिमाबर्ति भारतका गाउँ शहर एवं टाढाटाढाबाट भक्तजनहरु आउने गरेको परशुराम क्षेत्र विकास समितिका अध्यक्ष कैलाश कुमार पाण्डेयले जानकारी दिएका छन । 
 
सुदूरपश्चिमका ठूल्ठूला देवीदेवता लगायत उत्तर भारतको समेत तिर्थ रहेको परशुरामधाममा गंगाजी स्वरुप नेपालको सिमाना समेत रहेको महाकाली नदी सामाजिक , साँस्कृतिक र धार्मिक दृष्टिकोणले महत्वपूर्ण भएकोले बर्षेनी देवीदेवताको जात्रा निकाली धामी तथा धर्मप्राण सर्बसाधारणले स्नान गर्ने परम्परा रहि आएको छ । 
 
त्रेतायुगमा महर्षि जमदग्नी पुत्र भगवान परशुरामले कोटी होम गर्दा जलेर बाँकी रहेको जौं तिल– पछि आएर सानासाना गिट्टी जस्तै देखिने हजारौं वर्ष देखि जस्ताको तस्तै रहेको चुनढुंगाको चट्टानको रुपमा रहेको छ । सो ठाउँमा रहेको प्राकृतिक रुपमा निर्मित गुफा तथा टोडकामा प्रबेश गर्दा मुनुष्यजीवनको मोक्ष हुन्छ भन्ने जनविश्वासका कारण पनि परशुरामधाममा मेला भर्नेको संख्या बर्षेनी बढदै गएको छ । 
डडेलधुरा सदरमुकामबाट अन्दाजी ९७ किलोमिटर टाढा भित्रिमधेशको जोगबुढाक्षेत्रको सिमाबर्ति महाकाली तटमा पर्ने यो प्रसिद्ध गंगास्नान तिर्थमा उत्तरभारत लगायत सुदूरपश्चिका नौ वटै जिल्ला र कर्णाली क्षेत्रबाट समेत तिर्थयात्री आई देवीदेवता मुर्ति प्रतिमुर्ति स्नान , पितृश्राद्ध ,ब्रतबन्ध , बिवाहका साथै धार्मिक अनुष्ठान गरिने गरिन्छ । 
 
जोगबुढा र शिर्ष गाविस सम्मिलित घोषणा गरेको डडेल्धुराको दोश्रो नगरपालिकाको पवित्र धार्मिक तिर्थस्थलको नाममा गरिएको परशुरामधाममा यातायातको पहुँच भएपनि धार्मीक पर्यटकहरुका लागि गन्तब्य बन्न सक्ने यो क्षेत्र प्रचारप्रसारको अभाबमा ओझेलमा परेकोछ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ