कपिलवस्तु । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा साँसद चन्द्र भण्डारीले ५ नम्बर प्रदेश अखण्ड राख्न तराई पहाडका सवै जनता आन्दोलनमा सहभागी हुन आवहन गरेका छन । उनले कपिलवस्तुको चारनम्बरमा संयुक्त संघर्ष समितिले आयोजना गरेको विरोध सभामा उक्त धारणा व्यक्त गरेका हुन् ।
सो अवसरमा बोल्दै नेता भण्डारीले बुद्धको प्रदेशका शान्त जनता प्रदेश टुक्रिने बिषयमा भने आन्दोलित हुनुपर्ने र आन्दोलनमा सहभागी हुन नेपाली कागे्रसको निर्णय नचाहिने बताए । अन्य प्रदेशका नेता मख्ख परेको बताउदै ५ नम्बर प्रदेश टुक्रिने बिषयका कारण अन्य प्रदेशका बिषयमा कसैको ध्यान नगएको उनले बताए ।
प्रदेश बिखण्डन बिरुद्धको आन्दोलनमा आफु जुन सुकै अवस्था आए पनि लागी रहने स्पष्ट पारे । संबिधान संसोधन गरि ५ नम्बर प्रदेश टुक्राउने बारे पार्टीको कुनै धारणा नरहेको स्पष्ट पार्दै मुलुक रहे मात्र पार्टी र आफु रहने बताए । उनले प्रदेश टुक्राउने बिरुद्ध आन्दोलनमा लाग्न सबै सँग आग्रह समेत गरे ।
प्रदेश टुक्रिने बिषयमा अहिले सबै नजागे पछि धेरै अबेर भै सकेको उहाको भनाई थियो । सो अवसरमा बोल्दै नेपाली काँग्रेसका अर्का साँसद अम्मर पुनले ५ नम्बर प्रदेश टुक्रिने बिषयको बिरुद्धमा आफु लागी रहने र जुनसुकै कारवाहीको लागी तयार रहेको बताए । रोल्पाले बिगतका ठुला आन्दोलन र द्धन्द खेप्दै आएको स्मरण गराउदै प्रदेश टुक्रिने बिषयको बिरोधको आन्दोलनमा रोल्पाली जनता शहादतको लागी तयार रहेको उनले स्पष्ट पारे ।
संघर्ष समितीका संयोजक झबिलाल पोख्रेलको अध्यक्षता, हिमलाल बाग्लेको स्वागत र रुपकराज खनालको सञ्चालनमा सम्पन्न कार्यक्रममा एमाले केन्द्रिय सदस्य सिराज अहमद फारुकी, स्थानिय नेता रुपकबहादुर भुसाल लगायतले सम्बोधन गरेका थिए ।