arrow

मधेसका मागलाई लिएर एमालेले राष्ट्रियता माथि प्रहार : मन्त्री लेखक

logo
प्रकाशित २०७३ पुष २९ शुक्रबार
mantri-lekhak.jpeg
वीरगंज ।  भौतिक पूर्वधार तथा यातयात मन्त्री रमेश लेखकले मधेसका मागलाई लिएर एमालेले राष्ट्रियता माथि प्रहार गर्नु विखण्डनवादी सोच भएको आरोप लगाएका छन् । नेपाली कांग्रेसले शुक्रबार बाराको बहुअरीमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका मन्त्री लेखकले लोकतान्त्रिक मुल्य मान्यता अनुरुप जनतालाई अधिकार सम्पन्न बनाउने अभियानमा कांग्रेस लागेको बताए ।
 
 मन्त्री लेखकले नेपाली कांग्रेस मधेसबाटै जन्मिएकोले मधेस र मधेसी जनतालाई कांग्रेसकै नेतृत्वमा अधिकार सम्पन्न बनाउने दावी गर्दै संविधान संशोधन प्रस्ताव पास भएरै छाडने बताए । कार्यक्रममा कांग्रेसका केन्द्रिय सदस्य अजय चौरसियाले संविधान संशोधन र पुरानो संरचनामा निर्वाचन गर्ने अडान कांग्रेसले छाडन नहुने बताउँदै ५-७ वटा गाविसलाई मिलाएर बनाईएको गाउँपालिकाबाट विकास निर्माणमा समस्या उत्पन्न हुने दावी गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ