arrow

‘ट्रिपल एक्स’ को प्रिमियर : रणवीरले भने - 'दीपिका माथि गर्व छ'

logo
प्रकाशित २०७३ पुष २९ शुक्रबार
xxxpremier.jpeg
एजेन्सी । बलिउड अभिनेत्री दीपिका पादुकोणको हलिउड चलचित्र ‘ट्रिपल एक्स: रिटर्न अफ जेन्डर केज’ को प्रीमियर शुक्रबार समपन्न भएको छ ।  
 
प्रीमियरको अवसरमा अभिनेता रणवीर सिंह निकै खुशि देखिन्थे ।  रणवीरले दीपिका पादुकोण अन्तर्राष्ट्रीय मन्चमा भारतको प्रतिनिधित्व गरेकोमा गर्व रहेको बताए । उनले भने , ‘‘यो मेरो लागि गौरवपूर्ण क्षण हो। म निकै उत्साहित छु । यो हलिउडको ठुलो चलचित्र हो । यो ‘ट्रिपल एक्स’ को प्रीमियर हो जसमा दीपिका छिन् । उनि  मेरो लागि खास सह-कलाकार हुन् र म चलचित्र हेर्नलाई भौतारिएको छु ।’’रणवीरले दिपिकाको तारिफ  गर्दै भने , ‘‘दीपिका  प्रतिभाशाली अभिनेत्री हुन् र चर्चित कलाकार पनि । म उनको सम्मान गर्दछु । 
 
भारतमा ‘ट्रिपल एक्स’ को प्रीमियर शुक्रबार साझ आयोजना गरिएको हो। प्रीमियरमा बलिउडबाट  करण जौहर, शाहिद कपूर, सुधीर मिश्रा, इरफान खान र रणवीरको उपस्थिति रहेको थियो । चलचित्रमा दीपिकाको सह अभिनेतामा विन डीजल रहेका छन् ।
 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ