arrow

चोरीको गिरोह नै पक्रन सफल भयौ : एसएसपी अधिकारी

logo
प्रकाशित २०७३ पुष २९ शुक्रबार
pitamber-adhikari.jpeg
ललितपुर । ललितपुर  जिल्लाको ताल्छिखेल स्थित साउनको अन्तिममा रातको समयमा सनम महर्जनले संचालन गरेको ईन्स्पायोरेन्स ईलेक्ट्रोनिक्स नामक पसलबाट सटरको ताला फुटाएर टिभि, मोबाइलहरु  र नगद समेत गरी झन्डै ७ लाख बराबरको  धनमाल चोरी गरेको आरोपमा सामान सहित  उत्तम लामा बोम्जन सहितको गिरोहलाई ललितपुर प्रहरीले पक्राउ गरेको छ । 
 
 अनुसन्धानको क्रममा  शेर बहादुर भन्ने सार्की माझी , सुमित लामा, सुजन भँन्ने अश्विन कुमार दाहाल समेतको संलग्नता देखिएकोले प्रतिवादी सुमित लामाको काठमाडौं जिल्ला बौद्ध स्थित डेराकोठामा पुग्दा प्रतिवादी सुमित लामा फरार रहेको  र निजको डेराकोठा खानतलासी गर्दा चोरीकै सामान मोबाईल र नगद दुई लाख समेत वरामद गरेको थियो । त्यसैगरि अर्का प्रतिवादी ललितपुर जिल्ला हरिसिद्धी स्थित शेर बहादुर भन्ने शार्की माझीलाई खोजतलास गर्दै जाने क्रममा उसकोमा समेत चोरीका सामान फेला पारिएको थियो । 
 
पक्राउ परेका  उत्तम लामा बिम्जन र शेर बहादुर भन्ने शार्की माझी समेतलाई हिरासतमा राखि थप प्रतिवादीहरुलाई खोजतलास गर्ने क्रममा अश्विन कुमार दाहाललाई पक्राउ गरी अनुसन्धान गर्दा  जिल्ला चितवन रत्ननगरका दिपेन्द्र कुमार श्रेष्ठ र ओमकार महतोलाई खबर गरेको र निजहरु खरिद गर्नको लागि चितवनबाट बलेरो गाडि लिई आई ललितपुर जिल्ला खुमलटार स्थित निज दिपेन्द्र कुमार श्रेष्ठ र निजको साला ओमकार महतोले उल्लेखित बिभिन्न कम्पनिका सामान  खरिद गरेको खुल्न आएको छ  सो धनमाल खरिद गर्ने दिपेन्द्र कुमार श्रेष्ठ र ओमकार महतोलाई चितवन भरतपुरको पोखरा बसपार्कबाट पक्राउ गरी निजहरु उपर समेत थप अनुसन्धान भईरहेको हनगरीय प्रहरी परिसर ललितपुरले जनाएको  छ ।
 
साथै  उत्तम लामा बोम्जनको साथबाट बरामद भएको मोटरसाईकल बालाजु स्थित भाटभटेनी छेउमा पार्किङ गरि राखेको अवस्थामा चोरी भएको खुल्न आएको छ ।  उत्तम लामा बोम्जन, सुमित लामा , अश्विन कुमार दाहाल समेतको मिलेमतो र योजनामा चोरि गरी वास्तबिक नं. प्लेट परिवर्तन गरी बा.७४.प. ९५९३ नं. राखि किर्ते गरी सोहि नं. को नक्कली ब्लुबुक समेत बनाई उक्त मोटरसाईकल चलाएको अनुसन्धानबाट खुल्न आएको छ । उत्तम लामा बोम्जन, सुमित लामा, सुजन भन्ने अश्विन कुमार दाहाल उपर चोरी मुद्धामा महानगरीय प्रहरी वृत्त बालाजुबाट तथा किर्ते मुद्दामा यस परिसरबाट समेत थप अनुसन्धान भईरहेको महनगरीय प्रहरी परिसर ललितपुर प्रमुख एसएसपी पिताम्वर अधिकारीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ