arrow

थ्री गर्जेजलाई ऊर्जा मन्त्रीले भने–पश्चिम सेतीको काम अघि बढाऊ

logo
प्रकाशित २०७३ पुष २९ शुक्रबार
Janardan.jpg.jpeg

काठमाडौँ  । ऊर्जा मन्त्री जनार्दन शर्माले पश्चिम सेती जलविद्युत् आयोजनाको निर्माण कार्य तत्काल सुरु गर्न चिनियाँ कम्पनी थ्री गर्जेजका पदाधिकारीलाई  अनुरोध गरेका छन् ।

ऊर्जा मन्त्रालयमा शुक्रबार थ्री गर्जेजका प्रतिनिधिसँग कुरा गर्दै मन्त्री शर्माले लामो समयदेखि आयोजना लिएर राख्ने तर काम नभएकाले जनतामा समेत नकारात्मक सन्देश गएको भन्दै निर्माण कार्य सुरु गर्न अनुरोध गरेका हुन् ।

चिनियाँ थ्री गर्जेजसँग पाँच वर्ष पहिले नै लगानी एवम् निर्माणका सम्बन्धमा प्रारम्भिक समझदारी भए पनि काम अगाडि बढ्न सकेको थिएन । नेपाल भ्रमणमा रहेको कम्पनीका कार्यकारी उपाध्यक्षसहितको आठ सदस्यीय टोलीसँग मन्त्री शर्माले आयोजनाको विषयमा नेपाल सरकार, ऊर्जा मन्त्रालयका तर्फबाट गर्नुपर्ने सबै काम अगाडि बढाउन तयार रहेको भन्दै प्रक्रिया सुरु गरेर सकारात्मक सन्देश दिन ध्यानाकर्षण गराउनुभएको ऊर्जा मन्त्रीका स्वकीय सचिव वसन्त शर्माले जानकारी दिए ।

कुल ७५० मेगावाट क्षमताको सो आयोजना अस्ट्रेलियन कम्पनी स्मेकले छाडेपछि सरकारले चिनियाँ कम्पनीलाई दिएको थियो । थ्री गर्जेजका नेपाल प्रतिनिधि प्रविन श्रेष्ठले अध्ययन एवम् अनुसन्धानको कार्य जारी रहेका कारण केही समय लागेको भए पनि आयोजना सुरु गर्ने तयारीमा नै आफूहरु रहेको बताए ।

उनले लगानी बोर्ड, नेपाल विद्युत् प्राधिकरणसँग नियमित सम्वादमा आफूहरु रहेको र छिट्टै सकारात्मक परिणाम आउने ठोकुवा गरे । प्रसारण लाइन, उत्पादित विद्युत् नेपाल भित्रै खपत गर्नुपर्ने, मुआब्जा, पुनःबास एवम् लगानीको ढाँचाका विषयमा प्रष्ट नभएको भन्दै प्रवद्र्धक चिनियाँ कम्पनी थ्री गर्जेजले सो विषयमा प्रष्ट धारणा दिन सरकारसँग आग्रह गर्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ