arrow

जिप दुर्घटनामा परी ८ जना गम्भीर घाईते

logo
प्रकाशित २०७३ माघ १ शनिबार
Panchthar.png
पाँचथर । मेची राजमार्ग अन्तर्गत पाँचथरको फिदिम २ स्थित लालीखर्कमा शनिबार विहान भएको जिप दुर्घटनामा ८ जना गम्भीर घाईते भएका छन् ।
 
घाइते हुनेहरुमा सवारी चालक ताप्लेजुङ नाङखोलिङका देवान दोर्जे,मोरङ भाउन्ने ४ का तिन जना दाजुभाईहरु प्रेम खड्का, जिवन खड्का, र चुवान खड्का,पाँचथर याङनाम १ का रुद्र लोवा, ताप्लेजुङ लेलेपका रोशन लिम्वू, ताप्लेजुङ लिवाङ ८ का नैन कार्की, तेह्रथुम सोल्माका सरोज खनाल रहेका छन् ।
 
घाइते मध्ये सवारी चालक दोर्जे र ताप्लेजुङकी कार्कीको भने थप उपचारको लागि बिएण्डसी हष्पिटल विर्तामोडमा उपचारका लागि रेफर गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
वाँकी घाइतेहरुको जिल्ला अस्पताल पाँचथरमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक नकुल पोख्रेलले जानकारी दिए ।
 
ताप्लेजुङ बाट झापाको विर्तामोड तर्फ जाँदै गरेको मे १ ज २५४६ नम्बरको जिप तिव्र गतिका कारण अनियन्त्रित भई सडक बाट झण्डै एक किलोमिटर मिटर तल खसेकाे थियाे ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ