arrow

भारतीय दुतावासको सम्पर्क कार्यालय हटाउन माग गर्दै विराटनगरमा प्रदर्शन

logo
कुमोद अधिकारी,
प्रकाशित २०७३ माघ १ शनिबार
BIratnagar_raily.png
विराटनगर । विराटनगर–१८ मलाया रोडमा रहेको भारतीय दुतावासको सम्पर्क कार्यालय हटाउन माग गर्दै क्रान्तिकारी माओवादी, नेकपा मसाल, नेकपा माओवादीले विराटनगरमा प्रदर्शन गरेका छन् । क्रान्तिकारी माओवादी, नेकपा मसाल र नेकपा माओवादीका पाँच सय बढी कार्यकर्ताले मलाया रोडमा रहेको भारतीय दुतावासको सम्पर्क कार्यालय अगाडी प्रदर्शन गरेका हुन् । 
 
कोण सभामा क्रान्तिकारी माओवादीका उपाध्यक्ष सीपी गजुरेलले भारतीय विस्तारवादले नेपाललाई भुटानीकरण र सीक्किमिकरण गरिरहेको बताए ।  
 
आफुहरुले राष्ट्रिय स्वाधिनताका लागि आन्दोलन गरिरहेको जिकिर गर्दै गजुरेलले यसमा हस्तक्षेप नगर्न प्रहरी प्रसाशनलाई आग्रह गरे । नेपाल नरहे नेपाली जनता र राजनीतिक दलहरुको पनि अस्तित्व नरहने भएकाले कुनै पनि हालतमा नेपाललाइ भुटानीकरण र सीक्किमिकरण हुनबाट बचाउने गजुरेलको भनाई छ ।
 
माथिल्लो माथिल्लो कर्णाली र अरुण तेस्रो जलविद्युत परियोजनाको उद्देश्य विद्युत् निकाल्ने भन्दा पनि नेपालको जलाधार कब्जा गर्नेमा निहित रहेकाले यसलाई तुरुन्त खारेज गरिनुपर्ने बताए । 
 
२०६५ सालमा कोशी बाँध फुटेको बेला बाँध बनाउँने भन्दै विराटनगरमा स्थापना गरिएको भारतीय दुतावासको सम्पर्क कार्यालयले नेपालको राजनीतिक र आर्थिक मामिलामा हस्तक्षेप गरिरहेकाले तुरुन्त हटाउनु पर्ने उनको भनाई छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ