arrow

प्रेस काउन्सिलका सबैले ३ दिनभित्र राजीनामा नदिए कडा आन्दोलन गर्ने चेतावनी

logo
प्रकाशित २०७३ माघ १ शनिबार
Pess_council.jpeg
काठमाडौ । प्रेस काउन्सिलले गरेको पत्रपत्रिका वर्गीकरणको विषयमा असन्तुष्टि जाहेर गर्दै आन्दोलनको घोषणा भएको छ । उनीहरुले आन्दोलनको पहिलो चरणमा प्रेस काउन्सिलका सबै सदस्य तथा अध्यक्षलाई ३ दिनभित्र राजीनामा दिन समय दिएको छ । 
 
भेदभावपूर्ण वर्गीकरण विरुद्ध संघर्ष समिति नामबाट सुरु भएको आन्दोलनकारीहरुले ३ दिनभित्र पूरा गर्नुपर्ने भनेर ३ वटा माग अघि सारेको छ । यस्ता मागहरुमा राजीनामाका अतिरिक्त भेदभावपूर्ण वर्गीकरण खारेजी र सबै काउन्सिलका सदस्यहरुको सम्पत्ति विवरण छानविन गर्न पनि उनीहरुले माग गरेका छन् । 
 
पुष २९ गते समितिका संयोजक जेपी गुप्ता मायालुले जारी गरेको विज्ञप्तीमा यस्तो चेतावनी दिईएको हो । पत्र १६ वटा व्यक्ति संस्थालाई बोधार्थ दिएर प्रकाशित गरिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ