arrow

शान्ति शिक्षा अभियानले १७ विद्यालय ठड्यायो

logo
प्रकाशित २०७३ माघ १ शनिबार
santi-school-project.jpeg
ललितपुर । शान्ति शिक्षा अभियान नेपालले ललितपुरको  गुरु निम्न माध्यमिक विद्यालय पुनः निर्माण गरी हस्तान्त्रण गरेको छ ।  उदय शमशेर राणाको प्रमुख आतिथ्यतामा विद्यालय  भवन उद्घाटन तथा हस्तान्तरण गरिएको हो ।
 
शान्ति शिक्षा अभियान नेपालले स्थापना कालदेखि नै आफ्नो उद्देश्य अनुरुप सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा, ललितपुर र काठमाडौं जिल्लाहरुमा शैक्षिक गुणस्तर सुधार परियोजना अन्र्तगत विद्यालय भवननिर्माण–मर्मत संभार, प्रारम्भिक बाल विकास र अंग्रेजी भाषा शिक्षण तालिम, खानेपानी, सेतोपाटी, फर्निचरको व्यवस्था, कक्षा कोठाहरुमा झ्याल ढोकाहरुको व्यवस्था गर्ने जस्ता विद्यालय केन्द्रित कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
 
अभियानले विद्यालय भवन पुनःनिर्माण अन्तर्गत दोलखामा ५, काभ्रेमा ४, काठमाडौमा  जिल्लाका ३ र ललितपुरका १० वटा गरी कुल २ करोड ७५ लाख को लागतमा २२ वटा मर्मत तथा पुनःनिर्माण गर्ने निर्णय गरेको छ । संस्थाले हालसम्म १७ वटा विद्यालयको निमार्ण गरी समुदायलाई हस्तान्तरण गरिसकेको अभियानका कोषाध्यक्ष विजयबाबु शिवाकोटीले बताए ।
 
यस्तै, शान्ति शिक्षाकी कार्यकारी निर्देशक रचना महर्जन ले भवन निर्माणमा कुल १५ लाख ५० हवार ६ सय ५७ रुपैंया खर्च भएको बारे जानकारी गराइन् ।
 
यसैगरी अभियानका अध्यक्ष रविन्द्र महर्जनले भुकम्पबाट क्षतीग्रस्त भएका  विद्यालयहरुको भपुनर्निर्माण गरी पठनपाठन कार्यमा सहयोग गर्न पाउँदा खुशी व्यक्त गरे।
Displaying DSC_0262.JPG



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ