arrow

हात्तीले उधुम मच्चाएपछि पिडित उत्रिए बन्द गर्न

logo
प्रकाशित २०७३ माघ १ शनिबार
elephants.jpeg
रत्ननगर (चितवन)। दक्षिण चितवनको माडीमा हात्तीले उधुम मच्चाएपछि वन्यजन्तुको आक्रमण नियन्त्रणको माग गर्दै स्थानीयले शनिबार यातायात बन्द गराएका छन् । 
 
इलाका प्रहरी कार्यालय माडीका अनुसार चितवन राष्ट्रिय निकुञ्जबाट जङ्गली जनावर बस्तीमा पसेर जनधनको क्षति पुर्‍याउँदै आएको भन्दै स्थानीयले वन्यजन्तु नियन्त्रणको माग गर्दै शनिबार यातायात बन्द गरेका हुन् । बन्दका कारण माडीका सवारी साधन रोकिएका छन् । 
 
शुक्रबार चितवन निकुञ्जबाट बस्तीमा पसेको हात्तीको आक्रमणबाट माडीका १३ वर्षीय सागर सुनारको मृत्यु भएको थियो । सोही घटनापछि स्थानियहरु आक्रोशित बन्दै यातायात बन्द गरेका हुन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ