arrow

जेठको दोस्रो साता स्थानीय निकायको निर्वाचन : मन्त्री केसी

छिट्टै घाेषणा

logo
कुुमोद अधिकारी,
प्रकाशित २०७३ माघ १ शनिबार
Arjun-narsingh-kc.jpeg
विराटनगर । सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले आगामी जेठको  दोश्रो साता स्थानीय निकायको निर्वाचन गराउने तयारीमा सरकार लागेको वताएका छन् । विराटनगरमा शनिबार संचारकर्मीसँग कुुरागर्दै मन्त्री केसीले माघको दोश्रोसातामा सरकारले निर्वाचनको मिति घोषणा गर्ने  वताए ।
 
उनले  स्थानीय तह होस वा स्थानीय निकायको निर्वाचन जेठको दोश्रो साता भित्र भएरै छाड्ने वताए । उनले २०७४ साल माघसम्म तीनै तहको निर्वाचन नभए संवैधानिक जटिलता आउने भएकाले पनि  निर्वाचन आवश्यक रहेको वताए । 
 
मन्त्री केशीले  मधेशी मोर्चाको मागलाई  न्युुनतम रुपमा सम्वोधन गरेर  सरकारले निर्वाचनको मिति घोषणा गर्ने वताए । निर्वाचन सहज रुपले गराउन पनि मधेशी र्मोचाको मागलाइ सम्वोधन गर्नुुपर्ने उनको भनाई थियो । मन्त्री केसीले  संसदमा  वस्तु नै प्रवेश गर्न दिन्न भनेर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अलोकतान्त्रिक र गैरसंसदीय प्रवृति देखाएको आरोप लगाए  । 
 
उनले संसदीय प्रक्रियामा पेस भएको विषयवस्तुलाई प्रजातान्त्रिक ढंगबाट निष्कर्ष निकाल्न संसदीय प्रक्रियाबाटै टुुङ्गो लगाउनुपर्नेमा जोड दिए । उनले भने ‘पास फेल भनेको संसदीय प्रक्रिया हो, एक तिहाइ भन्दाबढी मत प्रस्तावको विपरित भएर फेल भएमा हामी पनि बलजफ्ती पास गराउने छैनौ तर प्रमुख प्रतिपक्षीलाइ सहमति गराएर लैजानै हाम्रो लक्ष्य हो ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ