arrow

'संविधान संशोधन प्रस्ताव देश टुक्राउने खेल'

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७३ माघ १ शनिबार
syanga-rawal.jpeg
स्याङ्जा। नेकपा एमालेका उपाध्यक्ष भिम रावलले सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव देश टुक्राउने खेल भएको आरोप लगाएका छन् । ९० प्रतिशत नागरिकको सहभागितामा निर्माण भएको संविधान कार्यन्वयन नगर्दै संविधान संशोधन प्रस्ताव आउनु दुखद भएको रावलको भनाई थियो । नेपाल बुद्धिजिवि परिषद स्याङ्जाले आयोजना गरेको संविधान कार्यन्वयनका लागि जनपरिचालन अभियान कार्यक्रमको उदघाटन गर्दै एमाले उपाध्यक्ष रावलले विदेशी शक्तिहरुको इसारामा आएको संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा पारित नहुने जिकिर गरे ।
 
संविधान प्रस्तावले पहाड र मधेशी जनता विच दुरी बढाउने काम गरेको छ पुर्व रक्षा मन्त्री समेत रहेका रावलले भने,“सबै समुदायका व्याक्तिहरुको प्रतिनिधिहरुले चुनेर पठाएका व्याक्तिहरुबाट बनेको संविधान कुनै पनि हालतमा पारित हुने छैन ।” यो सरकार संक्रमणकालिन सरकार हो यो सरकारले संविधान संशोधन प्रस्ताव ल्याउन पनि पाउदैन रावलले थपे । मधेस र पहाड छुट्टै राज्य हो भन्ने संकेत सरकारले ल्याएको संविधान संशोधन प्रस्तावले देखाएको रावलले प्रस्ट पारे । 
 
संविधान निर्माणका बेला भारतबाट आएका दुतले संविधान जारी गर्ने पक्रिया रोक्न भनेको स्मरण गर्दै एमाले उपाध्यक्ष रावलले यो प्रस्ताव भारतको इशारामा ल्याएको समेत दावी गरे । नागरिकको चाहाना भन्दा कुनै पनि निर्णय सरकारले गरेमा त्यसको प्रतिवाद गर्ने उल्लेख गर्दै त्यस्तो कठिन घडी आएमा सबै कार्यकर्ताहरु सडकमा ओर्लन पनि निर्देशन दिए । देशको रक्षाका निम्ति एमाले जस्तो सुकै लडाई लड्न पनि तयार भएको भन्दै उपाध्यक्ष रावलले पार्टीले आव्ह्रान गरेका तयारी अवस्थामा रहन कार्यकर्तालाई आग्रह गरे । 
 
बुद्धिजिविहरुलाई प्रशिक्षण दिदै एमाले उपाध्यक्ष रावलले पहिलो संविधान सभा देखि दोस्रो संविधान सभाबाट संविधान निर्माण भएपछि देशमा देखिएको राजनीतिक अन्योलता र एमालेले गर्न खोजेको भुमिकाका बारेमा लामो भाषण गरेका थिए । मुलुकको समृद्धि र असन्तुष्ट मधेशी मोर्चाको विषयमा एमाले चिन्तित रहेको उल्लेख गर्दै मुलुकको हितविपरीत कुनै पनि विषयमा एमालेले सहकार्य नगर्ने समेत रावलको भनाई थियो ।  
 
जनताको भावनन विपरीत सरकारले जे पायो त्यही गर्न थालेपछि प्रदेश नं. ४ ले जनपरिचालन अभियान थालनी गरेको प्रदेश नं. ४ का सहसंयोजक गणेश तिमिल्सनाले बताए । संविधान निर्माणमा जसरी एमालेले अगुवाई गर्‍यो एमालेका पोलिटव्युरो सदस्य समेत रहेका तिमिल्सिनाले भने,“संविधानको कार्यन्वयनमा पनि एमालेले अगुवाई गर्नुपर्ने आवश्यकता देखिन्छ ।” एमाले सरकारबाट बाहिर भएको मौका छोपेर सरकारले संविधान कार्यन्वयन भन्दा पनि संशोधनको नाममा अस्थिरता तिर धकेल्न खोजीएकाले जनस्तरबाट विरोधका कामहरु गर्नुपर्ने ठनेर यस्तो अभियानको थालनी गरेको तिमिल्सिनाले थपे । सरकारले गरेको राष्ट्र विरोधी कामको लागि एमाले चुप लागेर नवस्ने समेत तिमिल्सिनाको भनाई थियो । 
 
बुद्धिजिवी प्रशिक्ष्ण भेलामा नेपाल बुद्धिजिवी परिषदका केन्द्रिय अध्यक्ष डा.दिनेशचन्द्र देवकोटा, नेकपा एमालेका केन्द्रिय सदस्य पदमा अर्याल, जिल्ला अध्यक्ष मिनप्रसाद गुरुङ, सांसद टेकु नेपाली र परिषदका केन्द्रिय सदस्य पुष्पराज बराल लगायतका बक्ताहरुले नेपालको समृद्ध विकासका लागि बुद्धिजिवीहरुले महत्वपूर्ण भुमिका खेल्नु पर्ने बताएका थिए । राष्ट्रिय राजनीतिमा एमालेको खाँचो छ भन्ने सन्देश गाँउ, गाँउमा पु¥याउन पनि बक्ताहरुले सहभागिहरुलाई आग्रह गरेका थिए । 
 
कार्यक्रममा स्याङ् जिल्लाका करिव ३ सय बुद्धिजिविहरुको सहभागिता रहेको थियो । पछिल्लो समय एमालेले सरकारले गरेका हरेक गतिविधिहरुका बारेमा आफ्ना भातृसंगठनहरुलाई जनपरिचालन कार्यक्रम मार्फत विभिन्न प्रशिक्षण गर्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ