arrow

देशमा आर्थिक विकासका लागि संविधान कार्यान्वयन : देउवा

logo
प्रकाशित २०७३ माघ १ शनिबार
sher-bahadur-deuba.jpg.jpeg
पोखरा। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनपछि मात्रै देशमा आर्थिक विकासले गति लिने बताएका छन्  । 
 
सिक्लेस युवा क्लबद्वारा कास्कीको पार्चे गाविसस्थित सिक्लेसमा शनिबारदेखि सुरु भएको सिक्लेस माघेसङ्क्रान्ति मेलाको शुभारम्भ गर्दै देउवाले संविधान कार्यान्वयनका लागि अर्को वर्षको माघ ७ गतेसम्म स्थानीय तह, प्रादेशिक र केन्द्रीय निर्वाचन गर्न आवश्यक रहेको विचार व्यक्त गरे । 
 
तीनवटै तहको निर्वाचन गर्न मधेसी मोर्चालगायत असन्तुष्ट जनजातिका मागलाई सम्बोधन गर्न संविधान संशोधन जरुरी रहेको र व्यवस्थापिका–संसद्मा टेबुल भइसकेको संविधान संशोधन प्रस्ताव पास गर्न सबै राजनीतिक दलको सहयोगको खाँचो रहेको उनको भनाइ थियो । सभापति देउवाले पर्यटकीय क्षेत्र सिक्लेसको विकासमा आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने विश्वास दिलाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ