पाँचथर । मेचीराजमार्ग अन्तर्गत पाँचथरको फिदिम २ स्थित लालीखर्कमा शनिबार विहान भएको जिप दुर्घटनामा गम्भिर घाइते एक अर्धवैसे महिलाको मृत्यु भएको छ । उपचारका लागि बिंएण्डसी हष्पिटल लैजादै गर्दा ताप्लेजुङ लिवाङ ८ की ५० वर्षिय नैनकला कार्कीको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
यस्तै घाइते मध्ये सवारी चालक ताप्लेजुङ नाङखोलिङका देवान दोर्जेको भने बिएण्डसी हष्पिटल विर्तामोडमा उपचार भइरहेको छ । घाइते हुनेहरुमा मोरङ भाउन्ने ४ का तिन जना दाजुभाईहरु प्रेम खड्का, जिवन खड्का, र चुवान खड्का,पाँचथर याङनाम १ का रुद्र लोवा,ताप्लेजुङ लेलेपका रोशन लिम्वू, ,तेह्रथुम सोल्माका सरोज खनाल रहेका छन् ।
उनीहरुको जिल्ला अस्पताल पाँचथरमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक पोख्रेलले जानकारी दिए ।ताप्लेजुङ बाट झापाको विर्तामोड तर्फ जाँदै गरेको मे १ ज २५४६ नम्बरको जिप तिव्र गतिका कारण अनियन्त्रित भई सडक बाट झण्डै एक किलोमिटर मिटर तल झरेको प्रहरीले जनाएको छ ।