arrow

महिना दिन भित्र विमानस्थल सञ्चालनमा ल्याउन मन्त्री शाहीको निर्देशन

logo
प्रकाशित २०७३ माघ १ शनिबार
mantri-shahi.jpeg
कालिकोट । संस्कृति , पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले कालिकोट कोटबाडाको सुनथराली विमानस्थल एक महिना भित्र सञ्चालनमा ल्याउने गरी सम्पूर्ण तयारी पुरा गर्न निर्देशन दिएका छन् । शनिबार कोट्बाडा स्थित निर्माणाधीन विमानस्थलको निरीक्षण गर्न कालिकोट पुगेका मन्त्री शाहीले उक्त निर्देशन दिएका हुन् । 
 
 मन्त्री शाहीले पर्यटन मन्त्रालयको कार्यभार सम्हाले लगत्तै २०४२ साल देखि निर्माणाधीन अवस्थामा रहेको कर्णालीको कालिकोट जिल्लामा रहेको कोटबाडा विमानस्थलको स्थलगत निरीक्षण गरी समयसीमा तोकेरै निर्माण सम्पन्न गर्न निर्देशन दिएका थिए । सोही निर्देशन बमोजिम कति काम भयो भनेर शाहीको उच्च प्राथमिकतामा रहेको विमानस्थलको दोस्रो पटक निरीक्षण गर्न कालिकोटको कोटबाडा पुगेका हुन् ।
 
 कर्णलीको निकै महत्त्वपूर्ण मानिएको सुनथराली विमानस्थल ३१ वर्ष देखि निर्माणाधीन अवस्थामै अलपत्र रहेको थियो । मन्त्री शाहीले कर्णालीकै महत्त्वपूर्ण यो विमानस्थल आफ्नै कार्यकालमा सञ्चालनमा ल्याउने अठोटका साथ स्थलगत निरीक्षण गरेर निश्चित समय भित्र सम्पूर्ण निर्माण कार्य पुरा गर्न निर्देशन दिए । त्यसैका कारण कोटबाडा विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । अबको एक महिना भित्र उक्त विमानस्थलमा परीक्षण उडान गराउँने मन्त्री शाहीको उदेश्य रहेको छ ।
 
    निरीक्षणका लागि कोटबाडा पुगेका मन्त्री शाहीले भने ," सिङ्गगो कर्णालीको विकाससँग यो काटबाडा विमानस्थल जोडिएका छ । त्यसैले विमानस्थल निर्माणको अवस्थाबारे आफ्ना सहयोगीमार्फत दैनिक रिर्पोटिङ्ग लिने गरेको छु । आयोजना प्रमुख र प्राविधिकलाई त्यहिँ राखेर निर्माण कार्यको प्रगति विवरण लिंदै आएको छु ।" निर्माण कार्यमा असहज हुने देखिएर केही अभाव भए तत्काल समस्याको समाधान गर्न पहल गर्दै आएको भन्दै मन्त्री शाहीले अब कोटबाडा विमानस्थल चुनावी नारा बन्ने अवस्था नरहेको बताए । उनले यो कर्णालीको पर्यटन प्रवर्द्धन र समृद्धिको आधार भएको समेत धारणा राखे ।
 
  विमानस्थलका सुपरभाइजर मन्त्री शाहीलाई कोटबाडा विमानस्थलमा जहाज उडानका लागि रनवेमा रेखाङ्कन गर्ने काम तीव्र पारिएको र अन्य काम पुरा भएकाले केहिं दिनमै विमानस्थल निर्माण कार्य सम्पन्न हुने जानकारी गराए । कोटबाडा विमानस्थल निर्माण कार्य अहिले तीव्र गतिमा अघि बढिरहेको छ । दैनिक सयौँ मजदुरले काम गरिरहेकाले माघ अन्तिममा परीक्षण उडान गर्ने सरकारको तयारी छ । विमानस्थल सञ्चालनमा आउने भएपछि कालिकोट बासी खुसी भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ