arrow

मोबाइल एप्स सेवामा लगानी कोष

logo
प्रकाशित २०७३ माघ १ शनिबार
lagani-kosh.jpeg
काठमाडौँ। नागरिक लगानी कोषले आफ्ना बचतकर्तालाई मोबाइल एप्लिकेसनबाट बचत रकम र विवरणबारे जानकारी दिने सेवाको सुरुआत गरेको छ । पोखराबाट शनिबारदेखि थालिएको उक्त सेवाको शुभारम्भ अर्थमन्त्रालयका राजस्व सचिव राजन खनालले गरेको कोषले जनाएको छ । 
 
कोषले सञ्चालन गर्ने विभिन्न कार्यक्रम, कर्मचारी बचतवृद्धि, स्वीकृत अवकाश कोष, निजामती सावधिक जीवन बिमा, शिक्षक, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र नार्कका कर्मचारीको सावधिक जीवन बिमाअन्तर्गत जम्मा भएको रकमको विवरण र ऋण सापटी तथा बचत रकमको विवरण उक्त एप्समार्फत प्राप्त गर्न सकिनेछ । 
 
कोषका अनुसार एनरोइड मोबाइल प्रयोगकर्ता सेवाग्राहीले प्लेस्टोरमा गएर CIT Mobile App डाउनलोड गर्नुपर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ