arrow

राष्ट्रिय लिगमा कडा भिडन्त, मनाङ र सशस्त्रको बलियो सम्भावना

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
272325815.jpeg

काठमाडौं । रेडबुल राष्ट्रिय लिग फुटबलमा आइतबार दुई खेल हुँदै छन्  । दिउँसो साढे १२ बजे हुने खेलमा सशस्त्र प्रहरी बल र सुदूरपश्चिम फुटबल क्लव कैलाली भिड्दै छन् ।
सातदोबाटो स्थित एन्फा कम्पलेक्सको मैदानमा दिउँसो साढे ३ बजे हुने अर्को खेलमा मनाङ मस्र्याङ्दी र मोरङ फुटबल क्लव विराटनगर आमने सामने हुँदै छन् । तेस्रो स्थानमा रहेको मनाङलाई उपाधि भेटका लागि यो खेल जित्नै पर्ने दबाब छ ।

यो सहित ३ खेल खेल्न बाँकी मनाङ उपाधिका लागि खेल्न पाउने यात्रा बलियोनै छ । शीर्ष स्थानमा रहेको थ्रीस्टार र दोस्रो स्थानमा रहेको भिभुवन आर्मीले मात्र दुई खेल खेल्न बाँकी रहेकाले मनाङले यो खेल जिते उपाधि होड अझै सशक्त हुनेछ ।

उता, पाँचौ स्थानमा रहेको सशस्त्रले यो खेल जिते अघिल्लो चरण प्रवेश गर्ने सम्भावना निकै बलियो छ । सुदूरपश्चिमले अन्तिम खेल खेल्दा सशस्त्रले १४ औं खेल खेल्ने छ । सशस्त्रलाई दुई खेल अझै बाँकी रहने भएकाले जित निकाल्न सके बलियो सम्भावना छ । चौथो स्थानको झापाको उपाधि यात्रामा पूर्णविराम लागि सकेकाले पनि सशस्त्रको सम्भावना निकै बढेर आएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ