arrow

नोटबन्दीले सुन तस्करी, भारतमा सुनको मागमा वृद्धि

logo
प्रकाशित २०७३ माघ २ आइतबार
gold-plate.jpg.jpeg
काठमाडौं । पछिल्लो समय भारत सरकारले पाँच सय र हजार दरका नोटमा प्रतिबन्ध लगाएपछि त्यहाँ सुनको माग बढेसँगै नेपालमा तस्करी झाँगिएको छ ।
 
‘भारतमा सुन पठाउन नेपालका तस्कर सल्बलाउन थालेका छन्,’ नेपाल प्रहरीका केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी प्रमुख नवराज शिलवालले भने ,‘भारतीय बजारमा अहिले सुनको माग उच्च छ । भारतमा पठाउन नेपालमा सुन तस्करी फेरि बढ्न थालेको हो ।’
 
डीआइजी शिलवालका अनुसार नोट प्रतिबन्धपछि भारतमा सुरक्षित धन सुनप्रति आकर्षण बढ्दो छ । साथै नेपालमा भारु अभाव भएका कारण भुक्तानीका लागि नेपाली व्यवसायीले पनि सुन प्रयोग गर्न थालेको हुन सक्ने सिलवालले बताए ।
 
‘ठूला दरका भारु छैनन्, साना नोट सटही पनि सहज छैन’ उनले भने, ‘भारु भुक्तानीका लगि सुन नै एकमात्र उत्तम उपय हुन सक्छ’ अहिले नेपली बजारमा पनि सुनको माग उच्च छ ।
 
नगद राख्दा जोखिम बढेपछि भारतीयले पछिल्लो समय सुन नै डिपोजिट गर्न थालेका छ्न् । सोही कारण भारतीय बजारमा सुनको माग बढेसँगै नेपाल हुँदै त्यहाँ सुन तस्करी बढ्न थालेको छ । (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ