arrow

गान्धी बन्न खोज्दा भारतभरी मोदीको कडा आलोचना !

logo
प्रकाशित २०७३ माघ २ आइतबार
modi_charkha.jpeg
काठमाडौं । आफूलाई गान्धी समान बनाउन खोज्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरि विवादमा तानिएका छन् । भारतको खादी एवं ग्रामोद्योगको क्यालेण्डरमा मोदीले राखेको तस्वीरका कारण मोदीको आलोचना सुरु भएको हो । 
 
क्यालेण्डरमा मोदीले चर्खा चलाईरहेको तस्वीर राखेको विषयमा भारतीय सञ्चारमाध्यम तथा सोसल मिडिया प्रयोगकर्ताहरुले उनको आलोचना गरेका हुन् । तर यसको कारण अरु केही नभएर मोदीको यो तस्वीर गान्धीको झल्को दिने खालको भयो भनेर उनको आरोचना भएको हो । यस विषयले राजनीति र सोसल मिडियामा समेत मोदीको आलोचना बढेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 
 
महात्मा गान्धीका पनाती तुसार गान्धीले महात्मा गान्धी तथा उनका प्रतिकलाई राजनीतिक रुपमा पनि सम्मान गर्नु सबैको आवश्यकता रहेको बताएका छन् । उनले भने यो एउटा कर्तव्य हो जब कुनै प्रतिष्ठाको कुरा आउँछ र कुनै अनुमोदनको जरुरत पर्दछ कुनै न कुनै कारणले बापुजीको सम्मान गर्नु पर्छ नै । उनले सैद्धान्तिक रुपमा त भारतीय जनता पार्टीले महात्मा गान्धीलाई मान्ने नै नगरेको आरोप लगाए । 
 
यसरी विवास सुरु भएपछि भाजपाले भने यसको बचाउ गरिसकेको छ । भाजपाका प्रवक्ता संवित पात्राले विज्ञप्ती जारी गरी १९९६, २००२, २००५, २०११, २०१२ तथा २०१३ मा पनि गान्धीको तस्बीर उक्त क्यालेण्डरमा नरहेको दाबी गरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ