arrow

सात जिल्लामा ६१ करोडको खानेपानी परियोजना, कुन् कुन् जिल्लाको लागि छ बजेट ?

logo
प्रकाशित २०७३ माघ २ आइतबार
Drinking-Watter-Project.jpeg
काठमाडौं । सरकारले ६० करोड रुपैयाँ खर्चिएर मध्य नेपालका ५ जिल्लामा खानेपानी व्यवस्थ ागर्न लागेको छ । शुख्खा क्षेत्रका नागरिकहरुलाई शुद्ध खानेपानी खुवाउने उद्देश्यले खानेपानी तथा ढल निकास विभागले सुख्खा क्षेत्र रहेका सात जिल्लामा विशेष कार्यक्रम सञ्चालन गरेको जनाएको हो। 
 
सरकारी बजेट ६० करोड ९८ लाख रुपैयाँमा बनाउन लागिएको उक्त आयोजनालाई खानेपानीको लागि विशेष कार्यक्रमको रुपमा लिईएको छ । विभागले पाँचथरको यासोक र आङ्मामौवा, खोटाङको हलेसी, रामेछापको पकरबास र रामेछाप सुख्खा आयोजना, काभ्रेको तिमाल खानेपानी आयोजना, पाल्पाको कालीगण्डकी लिफ्ट खानेपानी आयोजना, गोरखाको दरौँदी लिफ्ट खानेपानी आयोजना र सुर्खेतको भेरी लिफ्ट खानेपानी आयोजना सञ्चालन गरेको विभागका उपसचिव अरुणकुमार सिंखडाले जानकारी दिए । 
 
विभागले सुख्खा डाँडामा बस्ती गरेर बसेका बासिन्दालाई शुद्ध पानी खुवाउने उद्देश्यले सुख्खा क्षेत्र खानेपानी आयोजना सञ्चालन गरेको हो । विभागका उपसचिव सिंखडाले सुख्खा क्षेत्रका बासिन्दालाई नदीको पानी मोटरबाट पानी तानेर प्रशोधन गरी खुवाउन सो कार्यक्रम सञ्चालन गरिएको बताए। उनले भने “सबै नेपालीलाई शुद्ध खानेपानी खुवाउने लक्ष्यअनुसार यो कार्यक्रम ल्याएका हौँ ।” 
 
खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले सन् २०१७ को अन्त्यसम्म सबै नेपालीको घर घरमा शुद्ध खानेपानी पु¥याउने योजनानुसार मन्त्रालयले काम गरिरहेको बताए । उनले भने, “काठमाडौँ उपत्यकामा पनि मेलम्चीको काम द्रुतगतिमा अगाडि बढेको छ, अरु जिल्लामा पनि चाँडै खानेपानी पु¥याउने योजनाका साथ यस्ता कार्यक्रम ल्याएका हौँ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ