arrow

चीन र भियतनामको कुरा मिल्यो,ट्रम्प हेरेको हेर्‍यै

logo
प्रकाशित २०७३ माघ २ आइतबार
काठमाडौं । अमेरिकाले अन्तराष्ट्रिय अदालतको फैसला अनुसार दक्षिण चिनियाँ सागरमा चीनले आफ्नो स्वामित्व हटाउनुपर्ने विषयमा गरेको बहसमा भियतनामले अमेरिकाको साथ छाडेको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् । चीनको सरकारी स्वामित्वको अनलाईन ग्लोबल टाईम्सले चीन र भियतनामबीच सहमति भएको जनाएकाे हो । 
 
यी दुई मुलुककहरुबीच सो क्षेत्रमा कुनैपनि विवादरहित ढंगले गतिविधि अगाडि बढाउने र बाहिय हस्तक्षेत्र नस्वीकार्ने विषयमा सहमति भएको ग्लोबल टाईम्सले जनाएको छ । बिहीबार भियतनामी कम्युनिष्ट पार्टीका महासचिव ग्युयान पावको चारदिने औपचारिक चीन भ्रमणको समयमा यस्तो सहमति भएको हो । 
 
दुबै मुलुक दक्षिण चीन सागरको हिस्सेदार रहेको अन्तराष्ट्रिय न्यायालयले यस अघि नै ठहर गरिसकेको छ । तर, यस विषयमा यो सम्झौतासँग अमेरिका भने केही दबाबमा परेको छ । हिस्सेदारहरुमध्ये सबैलाई बझाएर आफू राज गर्ने नीतिमा रहेको अमेरिकाले पछिल्लो समय दक्षिण चीन सागरमा चीनले बनाएको भौतिक संरचनाको विषयमा आपत्ति जनाउँदै आएको छ ।
 
गत बुधबार अमेरिकाको सिनेटको समिति सामु अमेरिकाका नवनियुक्त विदेशमन्त्री रेक्स टिलरसनले दक्षिण चीन सागरमा चीनको गतिबिधिले चिन्ता पैदा गरेको भन्दै यस इलाकामा टापू निर्माणको क्रम बन्द गर्न अथवा अन्य कृतिम संरचना खाली गराउने बताएका थिए । उनले ताइवानसँग चीनले मजबूत बनाउनुपर्ने तर्क गर्दै एक् चीन नीतिको समेत विरोध गरेका थिए । 
 
प्राकृतिक सम्पदा तथा उर्जा स्रोतले सम्पन्न  दक्षिण चीन सागरबाट अहिले करिब ५ हजार ८लर बराबरको कारोबार हुने गरेको छ । चीन यस क्षेत्रमा पुरै आफ्नो अधिकारको दावा गर्दै आएको छ । चीनले यस क्षेत्रमा कृतिम व्यापारिक टापु निर्माण गरेको छ । फिलिपिन्स मलेसिया, ताइवान, भियतनाम, ब्रुनाई लगायतका मुलुकहरुले पनि यस क्षेत्रमा भिन्दा भिन्दै ठाउँमा आफ्नो स्वामित्व दाबी गर्दै आएको छ । गत वर्ष मात्रै यस स्थानमा अन्तराष्टिय अदालतले चीनको एकल स्वामित्व खारेज गरी फिलिपिन्स मलेसिया, ताइवान, भियतनाम, ब्रुनाई सबैको बराबर हिस्सा रहेको बताएको छ ।  
 
चीनले अन्तराष्टिय अदालतको आदेश पालना गर्नु पर्ने भन्दै यस विषयमा अमेरिकाले टाउको दुखाउने गरेको छ । यही आदेशपछि अमेरिकाले उक्त टापुमा अमेरिकाको वायुसेना तथा जल सेनाको विमान समेत लगेर राख्ने गरेको छ । तर यस विषयमा चीनले भने आपत्ति जनाउँदै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ