arrow

रहेनन् काँग्रेस नेता न्यौपाने

logo
प्रकाशित २०७३ माघ २ आइतबार
congress-flag.jpg.jpeg.jpeg
काठमाडौँ । नेपालको लोकतान्त्रिक आन्दोलनका अथक योद्धा हरिप्रसाद न्यौपानेको ८७ वर्षको उमेरमा आइतबार राजधानीमा निधन भयो । प्रजातान्त्रिक आन्दोलनमा २००७ सालदेखि सक्रिय नेता न्यौपानेले तनहुँ जिल्लाबाट लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरेका थिए । 
 
तनहुँको ब्यास नगरपालिकाका स्थायी बासिन्दा न्यौपानेको निधनप्रति नेपाली काँग्रेसले गहिरो दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ । 
 
पार्टी सभापति शेरबहादुर देउवाले आइतबार एक शोक वक्तव्य जारी गरी नेता न्यौपानेको निधनबाट नेकालाई अपूरणीय क्षति भएको बताए । 
 
स्वर्गीय न्यौपानेको आइतबारै पशुपति आर्यघाटमा दाहसंस्कार गरियो । काँग्रेसका नेता रामचन्द्र पौडेललगायत सांसद, विभिन्न पार्टीका नेता तथा कार्यकर्ताले आर्यघाट पुगेर उनिप्रति अन्तिम श्रद्धाञ्जलि अर्पण गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ