arrow

देउवाको प्रश्न, ' चुनावमा नलगेर देशलाई कहाँ लाने संकटमा ? '

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७३ माघ २ आइतबार
deuba-2017.jpeg
स्याङ्जा। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा तीनतहको निर्वाचन नभए संवैधानिक संकट देखापर्ने बताएका छन्। स्याङ्जाको वालिङ स्थित नेपाल आदर्श क्याम्पस तथा माध्यमिक विद्यालयको नवनिर्मित भवनको उदघाटन तथा २० औं बार्षिकोत्सव समारोहको उदघाटन गदै पुर्व प्रधानमन्त्री समेत रहेका देउवाले २०७४ माघ भित्र तिनओटै तहको निर्वाचन अनिवार्य हुनुपर्ने अन्यथा देश अनिर्णयको बन्दी हुने बताएका हुन्। संविधान कार्यन्वयनको अवस्थामा केही समस्या देखा परेपनि मुलुकको भविष्यका लागि सबैदलहरु एक ठाँउमा उभिनुपर्ने धारणा सभापति देउवाको थियो। 
 
अव छिट्ट संविधानमा केही संशोधन हुने र मधेश तथा पहाडको विचमा अनावश्यक विवाद नबढाई राष्ट्रलाई समावेसी बनाउने तर्फ सबै लाग्नु पर्ने देउवाले बताए । मुलुकमा समस्यको स्थायी निकास खोजिनुपर्ने बताउदै सभापति देउवाले एमालेलाई समेत आफ्नो हठ त्याग्न आग्रह गरे । मुलुक सबैको हो सभापति देउवाले भने,“संघियतामा जादा सबैका अधिकार सुनिश्चित हुनतुपर्छ ।” सबै जातजातीको अधिकार सगै मधेशी जनताको चाहाना पुरा भएमात्रै संघिय लोकतान्त्रिक गणतन्त्र बलियो हुने देउवाले बताए। 
 
संविधान संशोधन प्रस्ताव प्रति एमालेले गरेको असन्तुष्टि प्रति लक्षित गर्दै सभापति देउवाले भने, “सबैको अधिकारलाई समेट्नु त्यसैले एमालेले पनि सहमति जनाउनु आवश्कता छ ।” एमाले सगँ कुरा भइरहेकाले अव छिट्टै मुलुकको निकास निस्कने देउवाले दावी गरे । शैक्षिक संस्थाको भवन उदघाटन समारोहमा पुगेका देउवाले संविधान कार्यन्वयन भएपछि देशको शिक्षा क्षेत्रले पनि मुहार फेर्ने बताए । मुलुकलाई समृद्धि तर्फ उन्मुख गराउन संविधान कार्यन्वयनको खाँचो रहेको देउवाको भनाई थियो । 
 
नेपाली काँग्रेसका केन्द्रिय सदस्य गोपालमान श्रेष्ठले छिट्टै निर्वाचन तालिक घोषणा हुने भएकाले सबै तयारी अवस्थामा रहन आग्रह गरे । मुलुकको विकासका लागि निर्वाचन अनिवार्य छ नेता श्रेष्ठले भने,“सरकारले छिट्टै निर्वाचन तालिका घोषणा गर्नुपर्छ ।” भवन उदघाटनमा सांसद तथा नेपाली काँग्रेस स्याङजाका पाटी सभापति कमलप्रसाद पंगेनी, त्रिभुवन विश्व विद्यालयका उपकुलपति प्रा.डा. तिर्थ खनिया, नेकपा एमालेका केन्द्रिय सदस्य पदमा अर्याल, सांसदहरु मुक्ति पाठक, राजु थापा, टेकु नेपाली, स्याङ्जाका जिल्ला शिक्षा अधिकारी अम्विकाप्रसाद आचार्य, प्याव्सन अध्यक्ष हर्कबहादुर कार्की, काँग्रेस नेतृ कल्पना तिवारी, माओवादी केन्द्रका कल्पना अर्याल र अभिभावकबाट बालकृष्ण सुवेदी लगायतका बक्ताहरुले मुलुकको शैक्षिक अवस्थालाई नीजि क्षेत्रले पुर्याएको योगदानको बारेमा चर्चा गरेका थिए।
 
नीजि क्षेत्रलाई अंकुश लगाउने राज्यले सरकारी विद्यालयको समेत व्यवस्थापन गर्न नसकेको आरोप बक्ताहरुको थियो । करिव १४ रोपनी जग्गामा निर्माण गरिएको नीजि क्षेत्रको विद्यालय १३ करोड रुपैयामा भवन निर्माण गरिएको विद्यालयका प्रिन्सिपल हुमकान्त गौतमले जानकारी दिए । 
विद्यालयका अध्यक्ष लक्ष्मीप्रसाद रेग्मीको सभापतित्वमा सम्पन्न भएको उदघाटन समारोहको स्वागत विद्यालयका निर्देशक ध्रुवप्रसाद शर्माले र संचालन क्याम्पस प्रमुख दीपक लम्सालले गरेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ