arrow

स्ववियुमा उमेर हदवन्दीको स्वागतमा नेविसंघले निकाल्यो र्‍याली

logo
प्रकाशित २०७३ माघ २ आइतबार
nebesang-ralley.jpeg
काठमाडौ । नेपाल विद्यार्थी संघका उपत्यका इकाइ सभापतिहरुले  स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको सम्वन्धमा भएको निर्णयको स्वागत गर्दै तोकिएको समयमा नै निर्वाचन हुनु पर्ने माग गरेका छन ।  त्रिभुवन विश्व विद्यालयद्घारा फागुन १४ का लागि तोकिएको निर्वाचनका सन्दर्भमा विद्यार्थी संगठनहरु उमेर हदका कारण विभाजित भइरहेका बेला नेविसंघका उपत्यका इकाइ सभापति सहित स्ववीयु निर्वाचन पक्षधर विद्यार्थीहरुले उमेर हदका कारण निर्वाचन रोकिन नहुने बताएका हुन । 
 
आइतबार राजधानीमा भएको कार्यक्रममा नेविसंघ आबद्घ विद्यार्थी नेताहरुले वास्तविक विद्यार्थीहरुले नै विद्यार्थी राजनीति गर्ने दिन आएको भन्दै त्रिभुवन विश्व विद्यालयको उक्त निर्णमा साथ दिने बताएका हुन ।  विद्यार्थी नेता डोजाङ्ग शेर्पाले स्ववियु भित्र जमेको फोहरलाई बडार्नका लागि निर्वाचन आवश्यक रहेको औंल्याए । उनले उमेरलाई कारण मानेर कोही निर्वाचनमा बाधक बन्छ भने असली विद्यार्थीले तह लगाउनु पर्ने बताए । 
 
शंकरदेव क्याम्पसका कार्यवाहक अध्यक्ष जगदिश सापकोटाले उमेरका कारण स्ववियु निर्वाचन नहुने हो भने विद्यार्थी आन्दलोलन नै धराशायी हुने जिकिर गरे । त्रिविका नेविसंघ नेता पेम्वा शेर्पाले लामो समय सम्म पनि निर्वाचन नहुँदा स्ववियुको अस्तित्वमा नै प्रश्न उठ्न थालेको भन्दै अस्तित्वका लागि पनि निर्वाचन हुनै पर्ने धारणा राखे ।
 
यस्तै नेविसंघ केन्द्रिय सदस्य शैलेन्द्र गौडेलले स्ववियुको गरिमा जोगाउनका लागि पनि तोकिएको समयमा निर्वाचन हुनु पर्ने बताए । उनले उमेरलाई कारण मानेर आन्दोलन गर्नु वा निर्वाचन नै हुन दिन्न भन्नु विद्यार्थीको शैक्षिक गुणस्तर नै सुध्रिन दिन्नौ भन्नु बराबर हुने जिकिर गरे । कार्यक्रममा थापाथली क्याम्पसका इकाइ अध्यक्ष नारायण घिमिरे,थापाथली इन्जिनियरिङ्ग क्याम्पसका पुर्व इकाइ अध्यक्ष कुमार दुलाल, परोपकार अधिकारी लगायतका विद्यार्थी नेताहरुले स्ववियु निर्वाचन कुनै वहानामा रोकिन नहुने धारणा राखेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ