arrow

पूर्व गभर्नरका छोराद्वारा आर्थिक दैनिकका सम्पादक माथि ज्यान मार्ने धम्की

प्रेस युनियनको कडा आपत्ति

logo
प्रकाशित २०७३ माघ २ आइतबार
16118106_1421389257872531_2036488704_n.jpeg
काठमाडौं । आफू विरुद्ध समाचार लेखेको भन्दै आर्थिक राष्ट्रिय दैनिकका सम्पादक प्रल्हाद रिजाललाई पूर्व गभर्नर तिलक रावलका छोरा विनय रावलले ज्यान मार्ने धम्की दिएका छन् । आर्थिक दैनिकमा प्रकाशित समाचारको विषयमा असन्तुष्टि जनाउँदै रावलले गत शुक्रबार टेलिफोन गरी आफूलाई ज्यान मार्ने धम्की दिएको सम्पादक रिजालले हाम्राकुरालाई जानकारी दिए । सम्पादक रिजालले आईतबार विज्ञप्ती जारी गर्दै आफ्नो जीवन रक्षाको लागि पहल गरिदिन पत्रकार महासंघ तथा विभिन्न पत्रकारसँग आवद्ध संस्थाहरुसँग माग पनि गरेका छन् । 
 
 
के थियो समाचार ?
वायु सेवा निगमले वाइड बडी जहाज ए ३३०–२०० सिरिजका दुईथान  विमान किन्न  ग्लोबल टेण्डर आह्वान गरेको थियो । सो टेण्डरमा रावलले बेलायतका कार्यालय रहेको केजेटी इन्भेष्टमेन्टको स्थानीय एजेन्टका रुपमा केटीटी इन्टरनेशनल एण्ड वन वल्र्ड नाममा दुई थान विमानको लागि उनीहरुले पनि टेण्डर हालेको रिजालद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । उनका अनुसार रावलले एमएसएन १५८६ र १६०८ नम्बरका दुई थान जहाज निगमलाई दिने भनी टेण्डर हालेका थिए । 
 
तर, सिनर्जी एरो स्पेस नामको अर्काे कम्पनीले गत नोवेम्बर २१ मा निगमलाई पत्र लेखी एमएसएन  १५८६ र १६०८ नम्बरका जहाज आफ्नो भएकोले केटीटी इन्टरनेशनल एण्ड वन वल्डले ती दुई जहाज दिने भनी टेण्डर हाले पनि ती जहाज पठाउन नसक्ने भनी चिठ्ठी लेखेको थियो । 
ग्रुपका चीफ अपरेटिङ अफिसर माइकल विल्चले लेखेको पत्र भेटेपछि त्यसको फोटोकपि राखेर आफूले सो को समाचार बनाएको रिजालले जानकारी दिए ।
 
आर्थिक दैनिकमा गत पुष २० गते सो समाचार प्रकाशित भएको थियो । सोही समाचारको विषयलाई लिएर रावलले पत्रकार रिजालमाथि ज्यान मार्ने धम्की दिएको जारी विज्ञप्तीमा उल्लेख छ । 
 
प्रेस युनियनद्वारा कडा आपत्ति 
पत्रकार रिजालमाथि दिईएको ज्यानमार्ने धम्की प्रति प्रेस युनियन केन्द्रीय समितिले कडा आपत्ति जनाएको छ । रिजालद्वारा विज्ञप्ती जारी भएसँगै युनियनका महासचिव अजयबाबु शिवाकोटीले विज्ञप्ती जारी गर्दै कुनैपनि पत्रकारले समाचार लेखेकै आधारमा उसलाई ज्यान मार्ने धम्की दिईनु स्वतन्त्र पत्रकारितामाथिको ठाडो हस्तक्षेप रहेको भन्दै दोषीमाथि कडाभन्दा कडा कारबाहीको माग गरेका छन् । यस्ता निन्दनीय कार्य गर्नेहरु निरुत्साहित हुनेगरी दोषीलाई कारबाही गर्न सम्बन्धित निकायसँग युनियनले माग पनि गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ